रोनाल्डो बुढो भयो भन्नेले उनी के चीज हुन् भनेर चिनेकै छैनन्, उस्तै छ गति अनि फूर्ति !

एजेन्सी – मैदानमा क्रिस्टियानो रोनाल्डोको उमेरको असर कमै देखिन्छ । बढ्दो उमेरमा पनि उनी पुरानै अवस्थामा प्रदर्शन गरिरहेका छन् । युभेन्ट्सबाट म्यानचेस्टर युनाइटेडमा पूनरागमन गरेयता रोनाल्डोले ३ खेलमा चार गोल गरिसकेका छन् । उनले न्युक्यासल, वेस्ट ह्याम र योङ ब्वाइजविरुद्ध गोल गरेका थिए ।

पछिल्लो खेलमा रोनाल्डोले पूरानै गतिमा दौडेका छन् । एउटा स्प्रिन्टमा उनले प्रतिघण्टा ३२.५१ किमीको औसतमा दौडेका थिए । त्यसको अर्थ उनले प्रिमियर लिगमा छरिता मानिएका आरोन वान बिसाका र जारोड बोवेनलाई पछि मैदानमा सर्वाधिक तीव्र गतिमा कुद्ने फुटबलर बनेका थिए ।

वेस्ट ह्यामविरुद्धको खेलपछि युनाइटेडका प्रशिक्षक ओले गुनार सोल्साएरले रोनाल्डोको तारिफ गरेका थिए । ‘रोनाल्डो विशेष क्षण महसुस गरिरहेका छन् । उनी तीव्र गतिमा दौडन्छन्’, उनले भने, ‘रोनाल्डो विपक्षीका लागि घातक छन् र खेलका लागि शतप्रतिशत दिन्छन् । उनी खतरनाक छन्, टिम खेलाडी हुन् र गोल पनि त्यसरी नै गर्छन् ।’

रोनाल्डोको प्रदर्शनबाट प्रेरित युनाइटेड प्रिमियर लिगमा समान १३ अंकका साथ शीर्षस्थान, लिभरपुल दोस्रो र चेल्सी तेस्रो स्थानमा छ । युनाइटेडले लिगको अवे खेलमा २९ खेलको अपराजित यात्रा तय गरेको छ । यता रोनाल्डोबिना लिग कपमा भने टोली वेस्ट ह्यामसँग १-० ले पराजित हुन् पुग्यो ।

प्रकाशित : शुक्रबार, असोज ०८, २०७८१४:३३

मेस्सी भन्दा पछि पनि लाम्पार्डको रोजाईमा परेनन् रोनाल्डो !