भोलि असोज ९ गते शनिबार, शुभ-अशुभ कस्तो रहला तपाईंको दिन? हेर्नुहोस् दैनिक राशिफल !

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

शारीरिक तथा मानसिक रुपमा स्वस्थ स्वस्थ हुनु हुनेछ । घरमा अतिथिको आगमन हुनेछ । पारिवारिक माहोल रमाइलो हुनेछ । आफन्तबाट उपहार पाइनेछ । आर्थिक लाभ हुनेछ टाढाको यात्रा हुने सम्भावना रहेको छ । नयाँ कामको थालनीको लागि समय शुभ रहेको छ । उत्तम भोजन हुनेछ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

कुनै पनि कार्य तथा निर्णय लिनु भन्दा पहिले सतर्कता अपनाउनु होला । अनावश्यक रुपाम विवादमा फस्न सकिनेछ । परिवारका सदस्य सँग विवाद हुनेछ अन्तत मन खिन्न हुनेछ । दिन खर्चिलो साबित हुनेछ । परिश्रम अनुसारको फल प्राप्त हुँदा मन प्रसन्न हुनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

सामाजिक पारिवारिक तथा आर्थिक क्षेत्रबाट लाभ हुनेछ । सामाजिक मान सम्मान बढ्ने छ । मित्रको तर्फबाट लाभ हुनेछ साथै मित्रको लागि धन खर्च हुनेछ । पति पत्नीको सम्बन्ध सुमधुर हुनेछ । सुन्दर स्थलको रमणीय भ्रमण हुनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

काममा उच्च अधिकारीबाट प्रोत्साहन मिल्नेछ जसको कारण काममा जोस जागर बढ्नेछ । कार्य क्षेत्रमा पदोन्नतीको खबरले मन प्रसन्न हुनेछ । आमा तथा परीवारका सदस्य सँग निकटता बढ्ने छ । मान प्रतिष्ठा बढ्ने छ। स्वास्थ्यमा सुधार हुनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

आलस्यता र थकान महसुसको कारण काममा ढिला सुस्ती हुनेछ । पेट सम्बन्धि समस्याले सताउने छ । व्यापार व्यसायमा अवरोध सिर्जना हुनसक्छ । उच्च अधिकारीबाट टाढा रहनु नै भलाइ हुनेछ । क्रोधलाई नियन्त्रणमा राख्नु होला । धार्मिक स्थलको भ्रमण हुनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

स्वभावको उग्रताको कारण कसैसँग पनि विवाद हुनसक्छ । सत्रु सक्रिय हुनेछन । नयाँ कामको सुरुवात नगर्नु होला । जलाशयबाट टाढा रहन राम्रो छ। अत्यधिक खर्च हुनेछ। धार्मिक कार्यमा रुची बढ्ने छ । व्यापार व्यवसायमा लाभ हुनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

यात्राको योग बनेको हुँदा कामको बोझबाट छुट्कारा मिल्नेछ । विपरित लिंगी प्रति आकर्षण बढ्ने छ । नयाँ वस्त्र प्राप्त हुन्छ । मान सम्मान बढ्ने छ। दाम्पत्य जीवन सुमधुर हुनेछ । खर्च बढ्न सक्छ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

परिवारमा भएको शान्तिको वातावरणले तपाईको तन मन स्वस्थ रहने छ । निर्धारित काम समयमा नै सकिने छ । नोकरीमा सहकर्मीको सहयोग प्राप्त हुनेछ । शत्रुको चाल निस्फल हुनेछ । आर्थिक लाभ हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

सन्तानको स्वास्थ्य र पढाईको चिन्ता बढ्नेछ । पेट सम्बन्धि समस्याले सताउने छ । कार्य असफलताको कारण मन खिन्न हुनेछ । क्रोधलाई नियन्त्रणमा राख्नु होला । साहित्य तथा लेखन कार्यमा मन जानेछ । आफन्त सँगको भेट रमाइलो हुनेछ । वादविवादबाट टाढा रहनुहोला ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

शारीरिक स्फूर्तिको अभाव हुनेछ । शारीरिक तथा मानसिक रुपमा अस्वस्थ अनुभव हुनेछ । परिवारमा कलह बढ्नाले मन खिन्न हुनेछ । स्त्री वर्गबाट नोक्सान हुनसक्छ । विदेशमा रहेका आफन्तबाट शुभ समाचार मिल्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

चिन्ता मुक्त हुनाले राहात तथा उत्साह महसुस हुनेछ । बुज्रुजबाट लाभ हुनेछ । साथी भाइ तथा आफन्त सँग समय रमाइलो बेतित हुनेछ । दाम्पत्य जीवन सुमधुर हुनेछ । आर्थिक लाभ हुनुको साथै सामाजिक मान सम्मान बढ्नेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

आर्थिक योजना बनाउनको लागि दिन शुभ रहेको छ । निर्धारित कम पुरा हुनेछन् । आयमा वृद्धि हुनेछ । पारिवारिक माहोल शुख-शान्तिको हुनेछ ।मन पर्ने भोजन हुनेछ । स्वास्थ्य राम्रो रहनेछ ।

प्रकाशित : शुक्रबार, असोज ०८, २०७८१८:०७

आज असोज ९ गते शनिबार, कस्तो रहला तपाईंको दिन? हेर्नुहोस् आजको राशिफल !