काठमाडौँ, नायिका श्वेता खड्कासंग ऋण लिने व्यक्ति पक्राउ परेका छन् । नायिका खड्कासंग ८६ लाख रुपैयाँ ऋण लिएर फिर्ता नगरेपछि प्रहरीले व्यवसायी काजी गुरुङलाई पक्राउ गरेको छ ।
जग्गाको कारोबार गर्ने गुरुङले ऋण लिएको पैसा फिर्ता गर्ने नाममा बैंकमा पैसा नै नभएको चेक दिएका थिए। त्यसपछि श्वेताले उनीमाथि केही दिन अघि चेक बाउन्सको मुद्दा हालेकी थिइन् ।
प्रहरीले हाल गुरुङलाई नियन्त्रणमा लिएर उनमाथि अनुसन्धान गरिरहेको छ।