शंखमुल बसेर यी दुई गर्थे मोबाइल बेच्ने काम, यस्तो सुइँको पाएपछि पक्राउ परे !

काठमाडौँ – ठूलो संख्याका अवैध रुपमा ल्याइएका मोबाइल फोन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। भारतबाट मोवाईल लगातयका अन्य सर सामानहरु भन्सार छली चोरी पैठारी गरी ल्याई नेपालमा बिक्री गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा महोत्तरी बर्दिबास नगरपालिका घर भएका २१ वर्षिय आकाश कार्की र अमित कुमार महत्तोलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ। प्रहरीले दुवै जनालाई काठमाडौँको शंखमुलबाट पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट आइफोन, सामसुङ, हुवावेई, रियल मि लगायतका कम्पनीको ६२ थान मोबाइल जफत गरेको छ। भारतबाट भन्सार चलेर ल्याई मोबाइल बेच्ने गरेको सूचनाका आधारमा पक्राउ गरिएको बताइएको छ।

पक्राउ परेका दुवै माथि अनुसन्धान भैरहेको छ। दुवैलाई आवश्यक कारबाहिको लागी त्रिभुवन अन्तरास्ट्रिय भन्सार कार्यालय गौचरण काठमाण्डौ पठाइएको छ।

प्रकाशित : शुक्रबार, असोज ०८, २०७८१९:१७

सार्वजनिक सवारी साधनको भाडा बढ्यो !