पेलेले शनिबार दक्षिण अमेरिकी राष्ट्रिय टिममा सर्वाधिक गोलकर्ताको रुपमा आफ्नो किर्तिमान तोडेका “उत्कृष्ट” लियोनल मेस्सीको प्रशंसा गर्दै बधाई दिन ढिलाइ भएकोमा माफी समेत मागेका छन्।
ब्राजिलका दिग्गज पेलेको कोलोन ट्युमरको शल्यक्रिया गरेको चार दिनपछि सेप्टेम्बर ९ मा बोलिभिया विरुद्ध अर्जेन्टिनाका लागि विश्वकप छनोटमा मेस्सीले ह्याट्रिक गर्दै पेलेको नाममा रहेको रेकर्ड तोडेका थिए। पेलेले ब्राजिलियन राष्ट्रिय टोलीका लागि ७७ गोल गरेका छन्। बोलिभिया विरुद्धको खेलमा गरेको ३ गोलका साथै ६ पटकका ब्यालुन डी ओर विजेताको नाममा अर्जेन्टिनी राष्ट्रिय टोलीका लागि ७९ गोल रहेको छ।
शल्यक्रियापछि निरन्तर रूपमा स्वास्थ्यमा सुधार आएपछि पेलेले ढिला भएपनि मेस्सीलाई बधाई दिएका छन्। इन्स्टाग्राममा मेस्सीको एक फोटो साझा गर्दै उनले लेखे,”हाई, @leomessi, ढिलो भएकोमा म माफी माग्न चाहन्छु। तर, म यस महिनाको सुरुमा तपाईंले तोडिएको अर्को कीर्तिमानको लागि बधाई दिने मौका गुमाउन चाहन्न।”
View this post on Instagram
मेस्सीले पीएसजीमा नेयमार र एम्बाप्पेसँग मिलेर अझ धेरै सफलता प्राप्त गर्ने विश्वास गर्दै उनले थपे,”फुटबल खेल्दा तपाईंको प्रतिभा उत्कृष्ट छ! मलाई आशा छ कि तपाईं मेरा साथीहरु @k.mbappe र @neymarjr (PSG मा) सँगै अझ धेरै हासिल गर्न सक्नुहुन्छ।”