ज्योतिषमा ग्रहहरुको विशेष भूमिका हुन्छ। ग्रहको चाल र गुण कुनै पनि व्यक्तिको स्वभाव तथा भविष्यमा ठूलो प्रभाव पार्छ। ग्रहहरु एक निश्चित अन्तरालमा आफ्नो चाल परिवर्तन गर्ने गर्छन्। हरेक ग्रह विशेष अवधिमा एक राशिबाट अर्को राशिमा प्रवेश गर्छन्। जब ग्रहहरुले आफ्नो राशि परिवर्तन गर्छन् तब यसको प्रभाव हरेक १२ वटै राशिमा पर्छ। हरेक महिना धेरै ग्रहहरुको राशि परिवर्तन हुने गर्छ। अब आउँदो अक्टोबर महिनामा पनि धेरै ग्रहहरुले आफ्नो परिवर्तन गर्न जाँदैछन्। अक्टोबर महिनामा चार ग्रहहरुको राशि परिवर्तन हुनेछ: बुध, शुक्र, मंगल र सूर्य ग्रह। महिनाको प्रारम्भमा शुक्र र बुध ग्रहहरुको राशिमा परिवर्तन हुनेछ। जसपछि १७ तारिखमा सूर्य त्यसपछि मंगलले राशि परिवर्तन गर्नेछ।
शुक्र राशि परिवर्तन
वैदिक ज्योतिषमा शुक्र ग्रह सुख, समृद्धि र धन प्रदान गर्ने ग्रह मानिन्छ। वृश्चिक राशिमा यो अक्टोबर २ बिहान ९:५० बजे प्रवेश गर्नेछ र अक्टोबर ३० दिउसो ४:११ बजे सम्म यस राशिमा स्थित रहनेछ।
बुध ग्रहको गोचर
बुध ग्रहललाई तटस्थ ग्रह मानिन्छ। यस बाहेक, बुध ग्रहलाई बोली, सञ्चार र व्यापारको कारक पनि मानिन्छ। वक्री अवस्थामा रहेको बुध २ अक्टोबरको बिहान ३:३७ बजे कन्या राशिमा प्रवेश गर्नेछ। जसपछि २ नोभेम्बर बिहान ९:५८ मा तुला राशिमा प्रवेश गर्नेछ।
सूर्य तुला राशिमा
सूर्यलाई सबै ग्रहहरुको राजा मानिन्छ। कुण्डलीमा सूर्य ग्रह मजबूत हुने मानिसले समाजमा खुब मान-सम्मान प्राप्त गर्छन्। तुला राशिमा सूर्यको गोचर १७ अक्टोबर दिउसो १ बजे हुनेछ भने यस राशिमा ग्रहहरुका राजा सूर्य १६ नोभेम्बर दिउसो १:०४ बजेसम्म स्थित रहनेछ।
मंगल ग्रहको राशि परिवर्तन
ज्योतिष शास्त्रमा मंगल ग्रहलाई उग्र ग्रह मानिन्छ। मंगल ग्रह साहस र पराक्रमको प्रतीक पनि हो। मंगल मेष र वृश्चिक राशिको स्वामी ग्रह हो। तुला राशिमा मंगल ग्रहको गोचर २२ अक्टोबर बिहान १:२८ बजे हुनेछ। जहाँ यो डिसेम्बर ५ बिहान ५:१४ बजेसम्म स्थित रहनेछ। जसपछि मंगल ग्रह वृश्चिक राशिमा प्रवेश गर्नेछ।
यो महिनाभर ग्रहहरुको चालको कारण यी ६ राशिलाई अत्यन्त शुभ परिणाम प्राप्त हुनेछ:
मेष, मिथुन, सिंह, तुला, धनु र कुम्भ राशि