एजेन्सी – रिचर्ड एकर्सलि कुनै एक समयमा क्रिस्टियानो रोनाल्डोसँगै खेल्थे, तर उनी अहिले दुध बेच्छन्। म्यानचेस्टर युनाइटेड एकेडेमीका उम्दा मिडफिल्डर उनको खेल जीवन त्यति सुखद हुन सकेन। जसकारण उनी अहिले दुध बेचेर आफ्नो गुजारा गरिरहेका छन्।
रोनाल्डोसँग युनाइटेडमा प्रशिक्षण गरेका उनले सन् २००९ मा युनाइटेडका लागि डेब्यु गरेका थिए। युनाइटेडको एकेडेमी हुँदै पहिलो टीममा मौका पाएपनि उनले खासै राम्रो छाप छाड्न भने सकेनन्।
रिचर्डले सन् २०१५ मा अन्तिम पटक व्यावसायिक फुटबल खेले। त्यससमयमा उनले ओल्डहम एथलेटिकबाट फुटबल खेलेका थिए। आर्थिक रुपमा डुबिसकेको ओल्डहम एथलेटिकबाट खेल्दा-खेल्दै उनले फुटबल छाड्ने निर्णय गरेका थिए।
“ओल्डहमसंग न पैसा थियो न कुनै आशा। एक विवाहबाट फर्किने क्रममा मैले मेरो श्रीमतीलाई फुटबल छाड्ने निर्णय बारे बताएको थिएँ। “,आफूले फुटबल छाडेको बारे जानकारी दिंदै उनले भने।
फुटबल छाडेपछि ६ महिना सम्म आरामले खान-बस्ने पुगेपछि त्यसपछि आफू दुध उत्पादन र बिक्रीमा जुटेको रिचर्डले बताए। रिचर्ड भन्छन्,”हाम्रो आफ्नै घर छ, हाम्रो बगैचा छ र हामी अन्न आफैं उब्जाउँछौँ।”
अहिले २२ जना कामदार राखेर काम गरिरहेका उनी पाँच वर्षमा सबै भन्दा ठूलो दुध वितरक बन्ने योजनामा छन्। आफ्नो काममा आफू सन्तुष्ट रहेको पनि उनले सुनाए।
“म क्रिस्टियानो रोनाल्डोसँग युनाइटेडमा बिताएको पल सम्झिन्छु। अन्तिम पटक म त्यहाँ हुँदा उनी पनि थिए। म उनीसँगै फुटबल खेल्दै थिएँ। तर अहिले डेयरीम्यान भएको छु। ओट मिलक बेच्छु।”,उनले भने।