पीएसजीका फरवार्ड लियोनल मेस्सीले यूईएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी विरुद्धको खेलमा फ्रि-किक बचाउनको लागि भुइँमा सुतेको असामान्य दृश्य देख्न सकियो। यस्तोमा म्यानचेस्टर युनाइटेडका पूर्व डिफेन्डर रियो फर्डिनाण्डले ६ पटकको ब्यालोन डी’ओर विजेताका लागि यो अपमानजनक क्षण भएको बताएका छन्।
बीटी स्पोर्टसँग कुरा गर्दै फर्डिनाण्डले भनेर,”जुन क्षण माउरिसियो पोचेटिनोले उनलाई प्रशिक्षण मैदानमा त्यसो गर्नको लागि भने, तब कुनै न कुनै खेलाडी गएर रोक्नु पर्थ्यो र मेस्सीसँग यस्तो व्यवहार गर्नु हुन्न भनेर बन्न आवश्यक थियो। मेस्सीसँग यस्तो गर्नु हुँदैन। यो अपमानजनक कार्य हो। यदि म त्यो टिममा भएको भए मेस्सीलाई हैन पर्दैन यो काम म गर्छु भन्थें। मैले मेस्सी त्यसरी सुतेर फ्रि-किक बचाएको हेर्न सक्दिन। मेस्सीको काम त्यो हैन।”
https://twitter.com/i/status/1442993712561274884
प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी विरुद्ध मंगलबारको खेलमा निकै सुन्दर गोल गर्दै लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पिएसजी) का लागि गज्जब तरिकाले गोलको खाता खोले। खेलको ७४ औं मिनेटमा मेस्सीले मैदानको राइट साइडबाट आक्रमणको सुरुवात गरे। जसपछि केहि डिफेन्डरलाई छक्याउँदै किलियन एम्बाप्पेलाईइ दिएको बल फ्रेन्च स्टारले मेस्सीलाई पुन: पास दिएका थिए। एम्बाप्पेको सुन्दर पासलाई निकै आकर्षक तरिकाले सिटीका गोलकिपर एडर्सनलाई कुनै मौका नै नदिने तरिकाले डी-बक्सको बाहिरबाट नै प्रहार गरेको बलले जाली चुम्न सफल भएको थियो।
मेस्सीको उक्त सुन्दर गोलको तारिक गरेर थाकेनन् पूर्व इंग्ल्याण्ड स्टार रियो फर्डिनाण्ड। “त्यो गति, त्यो सन्तुलन, ततो शक्ति, त्यो गोल गर्ने टेकनिक…. असाधारण,”उनले भने। मंगलबारको जीतसँगै २ खेलबाट ४ अंक जोडेको पीएसजी समूह ए को शीर्ष स्थानमा उक्लिएको छ भने पराजित टोली सिटी ३ अंकका साथ तेस्रो स्थानमा रहेको छ।