२४ घण्टामा ११५७ जना संक्रमित थपिए, १११३ जना संक्रमणमुक्त !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा एक थप १५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ९४ हजार १६३ पुगेको छ भने एन्टिजेन विधिबाट ९१ हजार ३७३ जनामा संक्रमण पुष्टि भएको छ।

थप १० हजार ६५२ जनाको पिसिआर परीक्षण तथा ३ हजार ८८९ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट ८९२ तथा एन्टिजेनबाट २६५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ४१ लाख ९६ हजार ८२७ जना पुगेको छ । हालसम्म ७ लाख ६४ हजार ८४७ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ११३सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९६ दशमलप ३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या १८ हजार १९३ रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण ८ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ११ हजार १२३  पुगेको छ।

प्रकाशित : बुधबार, असोज १३, २०७८१६:५०

दशैँ-तिहारमा उपत्यकाबाट बाहिरिने यात्रु ३० प्रतिशत मात्र, काउन्टरमा छैन भीडभाड!