अत्यन्त इमान्दार हुन्छन् यी ५ राशिका मानिस, झुट बोल्ने आउँदै आउँदैन यिनीहरुलाई !

ईमानदारी कुनै पनि सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्छ। इमानदार मानिसहरुको सबैसँग बलियो सम्बन्ध निर्माण हुन्छ। जब कसैलेले त्यस्ता मानिसहरुलाई धोका दिन्छन्, उनीहरु त्यो सम्बन्धलाई अन्त्य नै गर्दिन्छन्। ज्योतिष शास्त्रमा ५ राशिका मानिसलाई कुनै पनि सम्बन्धमा सबैभन्दा इमान्दार मानिन्छ। यी राशि निम्नअनुसार छन्….

मेष राशि 

मेष राशिका मानिसहरु आफ्ना निकट मानिसको धेरै ख्याल राख्छन्। सत्य जतिसुकै कटु किन नहोस्, उनीहरु आफ्नो सम्बन्धमा कसैबाट केहि लुकाउँदैनन्। उनीहरु विश्वास गर्छन् कि झुट बोल्नु भन्दा कटु सत्य राम्रो हुन्छ, जुन केहि समयको लागि मात्र खराब देखिन्छ।

सिंह राशि 

यस राशिका मानिसहरु जानेर अरुको भावनालाई चोट पुर्याउँदैनन्, तर यी व्यक्तिहरु कसैको झुटो प्रशंसा गर्न भने सक्दैनन्। सिंह मानिसहरु विश्वास गर्छन् कि प्रशंसा सधैं वास्तविक हुनुपर्छ।

कन्या राशि 

कन्या राशिका मानिसहरु धेरै आदर्शवादी हुन्छन्। यी मानिसहरु सबै कुरासँग न्याय गर्छन् र सधैं सत्य बोल्छन्। कन्या राशिका मानिसलाई चिल्लो घसेर बोल्न आउँदैन। उनीहरुलाई आफ्नो मनमा जे लाग्छ, बाहिर पनि प्रष्ट रूपमा त्यहि नै व्यक्त गर्छन्।

धनु राशि 

धनु राशिका मानिसहरु धेरै इमान्दार हुन्छन्। यद्यपि यी मानिसहरु प्राय: सोचे बिना जे पनि बोल्न सक्छन्, तर उनीहरुको यस्तो बानीले कसैलाई हानि गर्दैन। उनीहरुमा पूर्ण आत्मविश्वासका साथ सत्य बोल्ने साहस हुन्छ।

मकर राशि 

मकर राशिका मानिसहरु इमान्दारितालाई सबैभन्दा मन पराउँछन्। यी मानिसहरु सधैं सत्य बोल्छन् तर जानी-जानी मानिसहरुलाई चोट पुर्याउँदैनन्। यी मानिसले हरेक कुरा जे महशुस गर्छन् त्यहि नै बाहिर व्यक्त गर्छन्। मकर राशिका मानिसलाई लाग्छ कि झुट बोल्दा सम्बन्ध बिग्रन्छ, त्यसैले ईमान्दार हुनु राम्रो हुन्छ।

प्रकाशित : बिहिबार, असोज १४, २०७८१७:५७

शुक्र र बुध ग्रहले एक साथ राशि परिवर्तन गर्दै, यी ३ राशीले रहनुपर्नेछ सावधान !