को हुन त म्यानचेस्टर युनाईटेडलाई हराएर एकाएक चम्किएका यङ्ग ब्वाईज?

यदि तपाइँ च्याम्पियन्स लिग र यूरोपा लिग फुटबल पछिल्लो एक दशक देखि लगातार हेरीरहनुभएको छ भने “यङ्ग ब्वाईज” नामक एक स्विस क्लबको नाम सुन्नु भएको होला। उनीहरु २०१८ को च्याम्पयिन्स लिगको समूह चरणमा थिए, २०२१ मा युरोपा लिगको राउण्ड अफ १६ मा उक्लिएका थिए र अब २०२१-२२ च्याम्पयिन्स लिगको समूह चरणमा ग्रुप एफमा धुरन्धरहरु ईङ्गलिस क्लब म्यान्चेस्टर युनाईटेड, स्पेनिस क्लब भिल्लारियाल र ईटालियन क्लब एटलान्टासँग खेलिरहेको छ।

अब प्रश्न आउँछ क्लबलाई किन “यङ्ग ब्वाईज” भनिन्छ?

१८९८ मा स्थापति “यङ्ग ब्वाईज” , स्वट्जिरल्याण्डको सबै भन्दा पुरानो क्लबहरु मध्येको एक हो । यसले हालसम्म  १५ स्विस सुपर लिग च्याम्पियनशिप जितिसकेको छ भने १९५८-५९मा यूरोपियन कपको एक सेमिफाइनलसम्म पुगेको ईतिहास रहेको छ।

क्लब को नाम यसको संस्थापकहरु र आफ्नो पहिलो खेलमा आधारीत छ। १८९७ मा, म्याक्स र ओस्कर श्वाब नामक दाजुभाईले हर्मन बाउर र फ्रान्ज केहर्ली (बर्न वश्विवद्यिालयका सबै वद्यिार्थीहरु) ले बासेल ओल्ड ब्वाइज एसोसिएशन (सामान्यतया बीएससी ओल्ड ब्वाईज भनेर चिनिने) सँग मिलेर फुटबल खेल आयोजना गर्ने निर्णय गरे।

पछि, चार जनाले “फुसबल क्लब यङ्ग ब्वाईज” (Fussballclub Young Boys)लाई स्थापना गरेर आफुलाई Old Boys बाट अलग बनाउने निर्णय गरे। चाँढैनै यो क्लबको स्तरोन्नति भएर बर्न मा सुन्दर नाम भएको वान्कडर्फ (Wankdorf) स्टेडयिममा खेल्न शुरू भयो। त्यो स्टेडयिम २००१ मा भत्काइए पछि स्टेड डे सुइस (Stade de Suisse) द्वारा प्रतिस्थापित गरियो, जसमा ३२,००० दर्शकहरु अट्ने क्षमता छ।

जताततै उच्च शिक्षाका विद्यार्थीहरुलाई मनपर्ने फीफा क्लब हुनुको अलावा, यङ्ग ब्वाईजको यूरोप मा एक धेरै प्रभावशाली रेकर्ड रहेको छ। यस क्लबले दुबै २०१०-११ र २०१४-१५  यूरोपा लिग मा राउन्ड अफ् ३२ को यात्रा तय गरेको थियो।

फेरी प्रश्न आउँछ, कसरी आयो त एका एक चर्चामा?

च्याम्पियन्स लिगको पहिलो चरणको पहिलो खेलमा धुरनधर मानिएको पुर्व विजेता म्यान्चेस्टर युनाईटेडलाई आफ्नो मैदानमा २-१ गोल अन्तरले हराएर सबै खेल प्रेमिहरुलाई आस्चर्य चकित बनाएको हुनाले एकाएक चर्चामा आएको हो।

प्रकाशित : बिहिबार, असोज १४, २०७८१५:१९

ब्यालुन डी ओर २०२१ को मनोनयन सार्वजनिक हुँदै: कसले जित्ला यो पटकको अवार्ड ?