देवी लक्ष्मीलाई प्रसन्न पार्न र घरमा सुख र समृद्धि पाउन हामी अनेक उपाय गर्छौं। यदि माता लक्ष्मी प्रशन्न भईन् भने भिखारीलाई धनाड्य बनाइदिन्छिन् भने रुष्ट भईन् भने मानिस कंगाल नै भएर जान्छ। वास्तु शास्त्रमा केहि यस्ता कुराहरु बताइएका छन् जुन् लक्ष्मीलाई मन पर्दैन। यी चिजको कारण घरमा नकारात्मकता रहन्छ। घरको भान्छामा चारवटा यस्ता चीज छन्, जुन सधैं ठूलो मात्रामा ल्याउनु पर्छ, किनकि यी चीजहरु भुलेर पनि भान्सामा समाप्त भयो भने घरमा नकारात्मकताको प्रभाव बढ्न थाल्छ र माता लक्ष्मी रुष्ट हुन्छिन्।
आँटा
हरेक भान्सामा उपलब्ध हुने चिजको आँटा। तर पनि कुनै न कुनै समय यो पनि सकिन सक्छ। त्यसैले हरेक पटक आँटा ल्याउँदा आवश्यक भन्दा केहि बढी मात्रामा ल्याउने गर्नुहोस्। भान्सामा कहिले पनि आँटा सकिन नदिनुहोस्। वास्तु शास्त्रमा आँटाको अन्त्य अशुभ मानिन्छ, यसले मान-सम्मानको हानिको नेतृत्व गर्दछ।
बेसार
बेसारको प्रयोग सब्जीमा रंग ल्याउन मात्र नभएर विभिन्न शुभ कार्यमा पनि गरिन्छ। ज्योतिषशास्त्र अनुसार घरमा बेसार सकिनु अशुभ हो। यो बृहस्पति ग्रहको दोषको कारण बन्नसक्छ। यदि भान्सामा बेसार सकिन्छ भने तब शुभ कार्यमा बाधा उत्पन्न हुन्छ। त्यसैले, भान्सामा पूरै तरिकाले बेसार सकिनु भन्दा पहिले नै ल्याउनुहोस्।
नुन
नुन बिना खानाको स्वाद हराउँछ। त्यस्तैगरी यदि भान्छामा नुन समाप्त भयो भने यसले जीवनमा अनेक समस्या निम्त्याउन सक्छ। वास्तु शास्त्रका अनुसार यदि भान्साकोठामा राखिएको नुन पूर्ण रुपमा समाप्त भयो भने नकारात्मक उर्जा घरमा प्रवेश गर्दछ। जसको कारण घरमा धनको कमी हुनसक्छ।
चामल
मानिसहरु आवश्यकता अनुसार आफ्नो भान्सामा चामल राख्छन्। तर भान्सामा चामल हुनु निकै महत्वपूर्ण हुन्छ। चामलको प्रयोग शुभ कार्यमा गरिन्छ। भान्सामा पूर्ण रूपमा चामल सकियो भने यसको कारण शुक्र दोष उत्पन्न हुनसक्छ। जसको कारण घरमा धन सम्बन्धि समस्या आउन सुरु हुन्छ।