माघे सङ्क्रान्तिमा बन्दै छ बुधादित्य योग, विशेष फलका लागि गर्नुहोस् यसरी दान

माघे सङ्क्रान्तिको पर्व नेपालीका लागि मात्रै नभइ पुरै हिन्दुहरुका लागी नै एक महान चाड हो। यस दिन, दान र सेवाका लागि विशेष महत्त्व दिइन्छ। धर्मशास्त्रका अनुसार यस दिन सूर्य उत्तरायण हुने र मकर राशिमा प्रवेश गर्दछ। यस पटक सूर्य र बुधले मकरमा निकै शुभ योग बनाइरहेका छन्, जुनलाई बुधादित्य योग भनिन्छ।

ज्योतिषशास्त्रका अनुसार यो योग निकै शुभ मानिन्छ। यस बाहेक, उत्तराफाल्गुनी नक्षत्रका कारण वर्धमान नामको एक शुभ योग बनेको छ। यस पटक माघे सङ्क्रान्ति १५ जनवरी अर्थात माघ १ गते बुधवार मनाइनेछ।

माघे सङ्क्रान्तिले देवताहरूको दिन र राक्षसहरूको रात शुरू गर्दछ। यस कारणले, विवाह, घर प्रवेश, यज्ञोपवीत, मूर्ति प्रतिष्ठा जस्ता शुभ कार्यहरू सङ्क्रान्ति पछि मात्रै शुरु हुन्छन्।

माघे सङ्क्रान्तिमा दानको महत्व

माघ १ गते माघे सङ्क्रान्तिको पर्वमा सूर्यलाई अर्घ्य चढाउँदै दान पनि गरिन्छ। माघे सङ्क्रान्तिको दिन, विशेष पुण्यतिथि ८ बजेर ९ मिनेट देखि सूर्यास्तसम्म रहनेछ। यस समयमा तपाईले दान, पवित्र तीर्थ स्नान, तुलादान, गौदान, सुन दान, जप, हवन गर्दा निकै शुभ मानिन्छ। साथै माघे सङ्क्रान्तिको दिनमा गरिबलाई कम्बल अनि ब्राह्मणहरूलाई खिचडी र तिलको लड्डु दान गरे विशेष फल प्राप्त हुनेछ।

माघे सङ्क्रान्तिको फल प्राप्ति

खासमा माघे सङ्क्रान्तिको पर्व सबैलाई खुशी प्रदान गर्नका लागी मनाउने गरिन्छ। यस दिन, दान-पुण्य गर्नाले विशेष फल प्राप्त हुने गर्दछ। यस पटक निर्माण कार्यहरु बढ्ने छन्। बलमा पनि वृद्धि हुनेछ। ज्योतिषीका अनुसार माघे सङ्क्रान्तिको दिन केतकीको फूलले शिवको पूजा गर्दा खुशी प्राप्ति हुनेछ।

प्रकाशित : बिहिबार, पुष २४, २०७६१२:१३

माघे सङ्क्रान्तिमा गर्नै नहुने यी सात काम, हुन सक्छ क्षति