शारदीय नवरात्री यस असोज २१ गते अर्थात् आजबाट सुरु भएको छ। यस पटक शारदीय नवरात्री ९ दिन हुने पर्नेमा ८ दिन रहेको छ । यस पटक तृतीया र चतुर्थी एकै दिनमा परेको छ जसको कारण सामान्यटी ९ दिनको हुने नवरात्री यस वर्ष भने ८ दिनको मात्र रहेको छ । यो समयमा जो भक्तहरु नवरात्रीको व्रत राख्दछन्, उनीहरुलाई केहि नियमको पालन पनि गर्न पर्ने हुन्छ । आज हामी यस लेख मार्फत बताउनेछौँ कि नवरात्रीको सामयमा कस्ता कुरा भुलेर पनि सेवन गर्नु हुँदैन, जसको सेवन गर्दा देवी माता रुष्ट हुन्छिन् ।
तोरी र तिलको तेलको प्रयोग गर्नबाट टाढा रहनुहोला
नवरात्रिको समयमा तिल र तोरीको तेलको सेवनबाट टाढा रहनुहोला । किनकि यस्ता चिजले मानव शरिरमा गर्मी पैदा गर्दछ । जसको कारण मानव दिमक एकतृत हुन सक्दैन । त्यसैले यस समयाम भटमासको तेलको प्रयोग तथा सेवन गर्नु उचित मानिन्छ ।
त्यस्तै नवरात्रीको समयमा लसुन, प्याज, गहुँ, चामल, दाल, मासु र अण्डा नवरात्रि उपवासको समयमा उपभोग गर्नुहुँदैन। साथै यस समयमा बेसार, धनिया, हिंग र गरम मसलाको प्रयोग गर्नु हुँदैन ।
गहुको पिठो मैदा र सुजि पनि प्रयोग गर्नु हुँदैन । यस समयमा कुनै किसिमको नुनको प्रयोग गर्नु हुँदैन ।
नवरात्रीको समयमा तपाईं फलफुल तथा सब्जीको प्रयोग गर्न सक्नु हुन्छ । यसको साथ साथै दाहि, दुध, कालो मरिच र जिराको सेवन गर्न सक्नु हुन्छ ।