एजेन्सी – बार्सिलोनाका वर्तमान प्रशिक्षक र पूर्वअध्यक्षले आफूलाई धेरै नै नराम्रो व्यवहार गरेको आरोप लगाएका छन्। एक अन्तर्वार्ताका क्रममा सुआरेजले बार्सिलोना प्रशिक्षक रोनाल्ड कोम्यान र पूर्व अध्यक्ष जोसेप मारिया बार्टोमेउले आफूलाई धेरै नै नराम्रो व्यवहार गरेको बताएका हुन्।
कोम्यानले आफूलाई १५ वर्षको केटोलाई गर्ने व्यवहार गरेको सुआरेजको आरोप छ। कोम्यान सँग-सँगै बार्टोमेउले पनि आफूलाई खराब व्यक्तिको रुपमा चित्रित गर्ने खोजेको आरोप सुआरेजले लगाए।
“कोम्यानले मलाई १५ बर्षको केटालाई गर्ने जस्तै व्यवहार गरे। बार्टोमेउले पनि मलाई क्लबका अन्य खेलाडी सामू खराब व्यक्ति चित्रित गर्ने खोजे।”,बार्सिलोनामा आफू माथि भएको व्यवहार बारे खुलासा गर्दै सुआरेजले भने।
बार्सिलोना र एट्लेटिको म्याड्रिड बीचको खेल अगाडी एक मिडियासँग कुराकानी गर्दै सुआरेजले आफूलाई गएको सिजन भन्दा अगाडीको प्रि-सिजनमा एक्लै-एक्लै ‘ट्रेन’ गर्न पठाइएको खुलासा समेत गरे।
सुआरेजले सबैको पालो आउने पनि बताए। आफूलाई क्रोधित बनाउन बार्सिलोनाले एक्लै-एक्लै ट्रेनिङ गर्न पठाएको सुआरेजको भनाई छ। त्यसबेला आफू चुपचाप ट्रेनिङमा केन्द्रित भएको सुआरेजले स्मरण गरे।
“मैले गएको वर्षको प्रि-सिजन भुलेको छैन। उनीहरुले मलाई एक्लै ट्रेनिङमा पठाउँथे। उनीहरुले मलाई क्रोधित बनाउन त्यसो गरेको थिएँ। मैले एक्लै आफ्नो दममा ट्रेन गरेको खुलेको छैन।”,सुआरेजले बार्सिलोनामा भएको व्यवहारलाई सम्झिए।
बार्सिलोनामा भएको व्यवहारलाई सम्झिँदा सुआरेजले ‘कर्मा र भाग्य’लाई पनि सम्झिए। सबै कुराको एक अन्त्य हुने र सबैको पालो आउने सुआरेजले बताए।
गएको वर्ष सुआरेज बार्सिलोनाबाट एट्लेटिको पुगेका थिए। बुढो भएको भन्दै उनलाई बार्सिलोनाका प्रशिक्षकले नराम्रो व्यवहार गरेका थिए। बुढो खेलाडीका लागि आफ्नो टीममा कुनै ठाउँ नरहेको बताउँदै उनलाई नयाँ क्लब खोज्न भनिएको थियो।
पछि एट्लेटिको म्याड्रिडले सुआरेजलाई किन्ने प्रस्ताव गरेको थियो। जसलाई बार्सिलोनाले स्वीकार्यो। गत सिजन लालिगा च्याम्पियन बन्द सुआरेजको भूमिका महत्वपूर्ण रह्यो।