रियललाई पिएसजीले एम्बाप्पे र हालाण्ड दुवैजना भित्रयाउन कुनै पनि हालतमा नदिने !

एजेन्सी – नर्वेजियन युवा स्टार एर्लिङ हालाण्ड माथि यति बेला युरोपका सम्पूर्ण क्लबको नजर छ। जर्मन पुगेयता लगातार उच्च प्रदर्शन गरिरहेका उनलाई धेरै जस्ता ठूला क्लबहरुले अनुबन्ध गर्न चाहिरहेका छन्। गएको ट्रान्सफर विन्डोमा चेल्सी सहितका क्लबहरुले हालाण्ड माथि बोलि लगाएपनि डर्टमण्डले सिधै अस्विकार गरेको थियो।

हालाण्ड माथि विशेषतः स्पेनिस महारथी रियल म्याड्रिडको नजर छ। किलियन एम्बाप्पेलाई समेत प्राथमिकतामा राखेको रियलले सम्भव भएसम्म हालाण्डलाई पनि भित्र्याउने रणनीति बनाएको बताइन्छ।

फुटबलवृत्तमा रियलले एम्बाप्पे र हालाण्ड दुवैलाई भित्र्याउन सक्ने चर्चा पनि गरिन्छ। तर त्यो त्यति सहज हुने भने देखिँदैन। हालाण्डलाई आउने ट्रान्सफर विन्डोमा रियल म्याड्रिडका अलावा अन्य क्लबले पनि भित्र्याउने प्रयास गर्नेछन्। यसै बीच हालाण्ड भित्र्याउने होडमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) पनि मिसिने भएको छ। यदि एम्बाप्पेले पिएसजी छाडेको खण्डमा हालाण्डलाई आफ्नो मूख्य टार्गेट बनाउने पिएसजीको योजना रहेको छ।

हालाण्डको महँगो पारिश्रमिक

विभिन्न श्रोतहरुका अनुसार यस सिजनको अन्त्य भएसँगै हालाण्डको रिलिज क्लब सक्रिय हुनेछ। हालाण्डको रिलिज कल्ज ७० देखि ९० मिलियन युरोका बीच रहेको बताइन्छ। हालाण्डका मिनो रायोलाले ट्रान्सफर बजारको प्रचलित मूल्य भन्दा कममा बिक्री गराएर हालाण्डलाई महँगो पारिश्रमिक दिलाउने योजना बनाएका छन्।

फ्रेन्च मिडियाहरुका अनुसार मिनो रायोलाको पिएसजीका खेल निर्देशक लियोनार्डोसंग राम्रो सम्बन्ध छ। जसकारण हालाण्ड भित्र्याउन पिएसजीले केहि सहज हुने फ्रेन्च मिडियाहरु दावी गर्छन्।

प्रकाशित : शुक्रबार, असोज १५, २०७८२०:०७

माल्दिभ्सलाई हराएपछि अलमुताइरीले भने – ‘हामी जितको हकदार थियौं’