ग्रह्चक्रका दुई महत्वपूर्ण ग्रहले राशि परिवर्तन गरेका छन्। असोज १६ गते शनिबारका दिन शुक्र र बुधले राशि परिवर्तन गरेका हुन्। शनिबार बिहान १० बजेर १५ मिनेट पश्चात शुक्र ग्रह तुलाबाट वृश्चिक राशिमा प्रवेश गरेको छ भने शनिबार बिहान २ बजेर ४७ मिनेटमा बुध ग्रह कन्या राशिमा फिर्ता भएको छ। ग्रहचक्रमा एकैदिन भएका दुई परिवर्तनले सम्पूर्ण राशिलाई प्रभाव पार्नेछ। ज्योतिषीहरुका अनुसार दुई ग्रहले गर्ने राशि परिवर्तनको सबै भन्दा सकारात्मक प्रभाव निम्न तीन राशिलाई पर्नेछ ।
मेष राशि
सामाजिक मान सम्मान मिल्नेछ । साथै सरकारको तर्फबाट लाभ हुनेछ । सन्तानको तर्फबाट लाभ हुनु साथै शुभ समाचार मिल्नेछ । व्यवसायमा लगानी गर्नको लागि समय उचित रहेको छ । फसेको धन फिर्ता हुने समय रहेको छ ।
वृष राशि
फसेको पैत्रिक सम्पति हातपर्ने योग रहेको छ । आमाको तर्फबाट लाभ हुनेछ । दाम्पत्य जीवन सुमधुर हुनेछ । अचानक धन लाभ हुनेछ । कार्यालय उच्च अधिकारीबाट कामको प्रसंसा हुनेछ । साथै पदोन्नतीको सम्भावना रहेको छ ।
मीन राशी
स्वास्थ्यमा सुधार हुनेछ । वैदेशिक यात्राको अवसर मिल्नेछ । आर्थिक समस्या बिस्तारै समाधान् भएर जानेछ । व्यापार व्यवसायमा सोचेभन्दा बढी लाभ हुनेछ । आम्दानीको श्रोत बढ्नेछ । बाबुको तर्फाबाट लाभ हुनेछ ।