काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई काभ्रेमा आएर चुनाव लड्न चुनाती दिएका छन्।
शनिबार शिक्षक सङ्गठन काभ्रेले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा बाँस्कोटाले प्रचण्डलाई काभ्रेमा आफूसंग चुनाव लड्न चुनौती दिएका हुन्।
बृहत् जिल्ला भेला तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै बाँस्कोटाले प्रचण्डलै तथ्यमा उभिएर आरोप लगाउन समेत आग्रह गरे। प्रचण्डले एमाले माथि तथ्य र आधारहिन आरोपप लगाइरहेको बाँस्कोटाको भनाई छ। प्रचण्डसंग फेस टु फेस बहस गर्न आफू तयार रहेको समेत बाँस्कोटाले बताए।
“श्रीमान् प्रचण्ड काभ्रेमा चुनाव लड्न आउनुस्, तथ्यमा बहस गर्नुस्, बैक लुट्नेहरू, विद्यालय, स्वास्थ्य चौकी, पुल पड्काउनेहरूले लगाएको आरोपका सन्दर्भमा फेस टु फेस बहस गर्न तयार छु।”,बाँस्कोटाले भने ।
त्यस्तै बाँस्कोटाले नेपाली कांग्रेसको पुच्छर लागेर प्रचण्डले बैतर्नी खोजेको आरोप पनि प्रचण्ड माथि लगाएका छन्। काँग्रेसको पुच्छर समातेर बैतर्नी तर्न खोज्दैमा समाजवाद नआउने बाँस्कोटाले बताए। उनले भने,”काँग्रेसको पुच्छर समातेर बैतर्नी तर्न खोज्दैमा समाजवाद आउन सक्दैन ।”