टियु मैदानमा भैरहेको बजाज पल्सर एभरेष्ट प्रमियिर लगि क्रकिेटमा आज बिहान भएको खेलमा विराटनगर वारियर्सले काठमाडौं किंग्सलाई ७ रनले पराजति गर्यो । विराटनगरको यस प्रतियोगीतामा यो पाँच खेलमा पहिलो जित हो भने काठमाडौंको यो तेस्रो खेलमा दोस्रो हार हो।
भीजेको मैदानका कारण ढिलो भएको खेललाई ८-८ ओवरमा छोट्याईएको थियो। खेलमा टस हारेर पहिले ब्याटिँगको निम्तो पाइको विराटनगरले निर्धारीत ८ ओवरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो।
विराटनगरका लागी राय्यन पठान र अनिल शाहले बिष्फोटक ब्याटिँग गरेका थिए। ओपनर पठानले ११ बलमा ३० रन बनाउनेक्रममा २ चौका र ३ छकका प्रहार गरेका थिए। शाहले १६ बलमा ४५ रन बनाउँदा एक्लैले तीन छक्का प्रहार गरेका थिए । साथै आशफि शेखले २, दिलशान मुनव्विराले १, सौरभ खनालले ५ र कप्तान करन केसीले १५ रन जोडेका थिए।
काठमाडौंका लागी गुलशन झा, रायन बर्ल र कप्तान सन्दीप लामिछानेले १–१ विकेट लिए ।
जबाफमा १०५ रनको लक्ष लिएर मैदान उत्रिएको काठमाडौंले ३ विकेटको क्षतिमा ९७ रनमात्र बनाउन सक्यो ।काठमाडौंका लागी सुवास खकुरेलले १० बलमा ३ छक्कासहित २६ रन र राजु रिजालले १५ बलमा २ चौका र १ छक्का प्रहार गरी २४ रन बनाए पनि काठमाडौंले विजय हात पार्न सकेन् । त्यसतै ओपनर रहमानुल्ला गुर्बाजले २८,रायन बर्लले १५ रन बनाए भने असन प्रियनजनले खातै खोल्न सकेनन्। विराटनगरका लागी प्रतिश जिसीले १ तथा राय्यन पठानले २ विकेट लिए।
खेलमा विराटनगरका अनिल शाह प्लेयर अफ द म्याच घोषित भएका थिए।