एभर्टन विरुद्ध ‘त्यसलाई पछार्न हो, मैदान बाहिर पुर्याइदे’ भन्दै थिए रोनाल्डो, किन त ?

शनिबारको खेलमा एभर्टनले म्यानचेस्टर युनाइटेड विरुद्ध गरेको गोल अगाडी सोहि काउन्टर अट्याक रोक्न रोनाल्डोले आफ्ना टिममेटलाई चिच्याईरहेको रियो फर्डिनाण्डले बताएका छन्।

पछिल्ला ६ खेलमा ४ खेलमा जीत हात पार्न नसकेको युनाइटेडका प्रशिक्षक ओले गुनर सोल्सजायरले रोनाल्डोलाई एभर्टन विरुद्धको खेलमा बेन्च मै राखे। दोस्रो हाफमा युनाइटेड १-० ले अगाडी रहेको अवस्थामा मैदान प्रवेश गरेका रोनाल्डोले केहि समय मै एभर्टनले बराबरी गोल गरेको हेर्नु पर्यो। त्यसमाथि टफीजको लागि बराबरी गोल गरेका खेलाडीले रोनाल्डोको प्रसिद्ध ‘सिउउ’ सेलिब्रेसनको नकल समेत गरेका थिए।

एभर्टनका लागि गोल गरेका टाउनसेन्डको गोल युनाइटेडको आफ्नै कर्नरबाट काउन्टर अट्याकको नतिजा स्वरूप आएको थियो। र खेल पछि, फर्डिनान्डले बताए कि रोनाल्डो आफ्नो टिममेटलाई जसरी पनि उक्त काउन्टर अट्याक रोक्न कराईरहेका थिए। पूर्व म्यानचेस्टर डिफेन्डर रियोले बिटी स्पोर्टसँग बोल्दै रोनाल्डोले आफूलाई छिटो भन्दा छिटो आफूलाई मैदान प्रवेश गराउन आग्रह गरिरहेका थिए।

अन्य क्लबले उक्त स्थितिमा फल गरेर भएपनि काउन्टर अट्याक रोकेर गोल बचाउने गरेको उल्लेख गर्दै रियोले भने,”रोनाल्डोलाई देख्न सकिन्थ्यो ‘त्यसलाई मैदान बाहिर पछार, मैदान बाहिर पुर्याओ, प्रहार गर’ भन्दै गरेको।”

शनिबारको खेलपछि युनाइटेड र एभर्टनको समान १४ अंक पुगेको छ। एक खेल कम खेलेको लिभरपुल समान १४ अंकका साथ शीर्षस्थानमा छ। युनाइटेड दोस्रो र एभर्टन तेस्रो स्थानमा उक्लेका छन्।

प्रकाशित : आइतबार, असोज १७, २०७८१७:४३

ईपिएलः विराटनगरको पहिलो जित, काठमाण्डौँ पराजित