पहिलो चलचित्रमा कवि बनेका थिए अमिताभ, पाएका थिए यति पारिश्रमिक ! कति ?

एजेन्सी – अमिताभ बच्चनको चर्चा भारतमा मात्र सिमित छैन। उनी बलिउडको महानायकको रुपमा लगभग विश्वभर चर्चित छन्। ५ दशक भन्दा अगाडी बलिउडमा डेब्यू गरेका उनी अझै पनि अभिनयमा सक्रिय छन्। टेलिभिजन कार्यक्रम देखि चलचित्र सम्मका अमिताभको सक्रियता छ। समय अनुसार उनले फरक भूमिका निभाउँदै आएका छन्। उमेर ढल्कँदै गएको अवस्थामा उनी सोहि अनुसारका भूमिकामा देखिने गरेका छन्।

डेब्यू चलचित्र कुन थियो ?

अमिताभले बलिउडमा डेब्यू गरेको ५२ वर्ष हुँदैछ। उनले सन् १९६९ मा बलिउड डेब्यू गरेका थिए। अमिताभको पहिलो चलचित्र ‘सात हिंदुस्तानी’ रहेको थियो। चलचित्र सन् १९६९ नोभेम्बर ७ मा रिलिज भएको थियो। चलचित्र ख्वाजा अहमद अब्बासद्वारा लिखित, निर्मित र निर्देशित थियो।

चलचित्रमा गोवालाई पोर्चुगिज शासनबाट मुक्त गराउन खोज्ने सात भारतीयहरुको कथा देखाइएको थियो। चलचित्रमा उत्पल दत्त, मधु, एके हंगल, अमिताभ लगायतको मूख्य भूमिका रहेको थियो।

यस फिल्ममा एक कविको महत्वपूर्ण भूमिका थियो। जसका लागि टीनु आनन्दलाई रोजिएको थियो भने कविको साथिको रुपमा अमिताभलाई लिइएको थियो। तर टीनुले चलचित्रमा कम गर्न नभ्याउने भएपछि उक्त भूमिका अमिताभले पाएका थिए।

कति पाएका थिए पारिश्रमिक ?

पहिलो चलचित्रमा अमिताभले धेरै नै कम पारिश्रमिक पाएका थिए। बताइएअनुसार, उक्त चलचित्रमा काम गरेवापत अमिताभले ५ हजार भारतीय रुपैंयाँ पारिश्रमिक पाएका थिए। उक्त समयमा अन्य अभिनेताहरुले ५ हजार भन्दा बढी पारिश्रमिक लिने गरेको भएपनि नयाँ कलाकार भएका कारण अमिताभलाई मात्र ५ हजार दिइएको थियो।

काम पारिश्रमिकमा कम गरेपनि उक्त चलचित्र पछि कहिले पनि अमिताभले पछाडी फर्केर हेर्न परेन। डेब्यू पछि कयौं वर्ष सम्म अमिताभले बलिउडमा राज गरे। शोले, दीवार, जंजीर, हम, सिलसिला, कुली, सत्ते पे सत्ता, चुपके-चुपके, कभी-कभी, पा, चीनी कम जस्ता चलचित्र पूराना भएपनि अझै रुचाइने गरिन्छ।

प्रकाशित : आइतबार, असोज १७, २०७८१८:४७

ईपिएलः विराटनगरको पहिलो जित, काठमाण्डौँ पराजित