एजेन्सी – म्यानचेस्टर युनाइटेडका लागि समर ट्रान्सफर विन्डो धेरै नै विशेष रह्यो। समर ट्रान्सफरमा युनाइटेडले जाडोन सान्चो, राफेल वराने मात्र नभई क्रिस्टियानो रोनाल्डोलाई पनि भित्र्याउन सफल भएको थियो।
रोनाल्डो सहितका विश्वस्तरीय खेलाडीको आगमनपछि धेरैले प्रिमियर लिग र च्याम्पियन्स लिगमा युनाइटेडले बलियो प्रदर्शन गर्ने अपेक्षा गरेका थिए। तर सो अपेक्षा अनुसार युनाइटेडले प्रदर्शन गर्न भने सकेको छैन।
युनाइटे आएपछि रोनाल्डोले आफ्नो लयलाई भने कायमै राखेका छन्। उनले ६ खेलमा ५ गोल गरिसकेका छन्। तथ्यांकगत रुपमा भन्नुपर्दा हरेक ९३ मिनेटमा रोनाल्डोले एक गोल गर्न सफल भएका छन्।
साना क्लव विरुद्ध संघर्ष
रोनाल्डोको उपस्थितले जसरी युनाइटेड प्रेरित हुनुपर्ने हो त्यसरी प्रेरित हुन सकिरहेको छैन। युनाइटेड पछिल्लो समय कम्जोर ठानिएका क्लबहरुसँग हारेको छ। वेस्ट ह्याम र एस्टन भिल्ला र योङ ब्वाइज जस्ता क्लबहरुबाट पराजित भएको छ।
च्याम्पियन्स लिग अन्तर्गत भिल्लारियलको बिरूद्ध पनि युनाइटेडले जित निकाल्न धेरै संघर्ष गर्न परेको थियो। उक्त खेलमा रोनाल्डोले अन्तिम समयमा युनाइटेडको उद्धार गरेका थिए।
रोनाल्डो नभएको खेलमा युनाइटेड झनै कम्जोर देखिने गरेको छ। रोनाल्डो नहुँदा युनाइटेडले मात्र एक पटक गोल गरेको छ भने, दुई पटक गोल खाएको छ।
वास्तविक परीक्षण बाँकी
युनाइटेडको वास्तविक परीक्षण अझै बाँकी छ। युनाइटेडले लेस्टर सिटी, अटलान्टा, लिभरपुल, टोटेनहम र म्यानचेस्टर सिटीको सामना गर्न बाँकी नै छ। युनाइटेडको वास्तविक परीक्षण अन्तर्राष्ट्रिय ब्रेक पछि हुनेछ।
ती सम्पूर्ण खेलमा रोनाल्डो उच्च लयमा भएर मात्र पुग्नेछैन, समग्र टीममा सन्तुलन हुनुपर्नेछ। यदि एक सुपरस्टारले मात्र उपाधि दिलाउँछन् सक्छन् भन्ने युनाइटेडले ठान्छ भने त्यो सबै भन्दा ठूलो गल्ती हुनेछ।