एकान्तकुनाका दुई विचौलिया, जो ट्रायल पास गराइदिन्छु भन्दै गर्थे ठगी !

काठमाडौँ – एकान्तकुनाबाट दुई जना विचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट दुई जना विचौलियालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका १४, नख्खीपोट बस्ने ३० वर्षिय सुमन तामाङ र ललितपुर महानगरपालिका १३, कुसुन्ती बस्ने २३ वर्षिय सुरज गुप्ता रहेका छन् ।

लिखित परिक्षा पास गराईदिने, फास्ट ट्रायल मिलाईदिने, नवीकरण गरिदिने, सिफारिसहरु मिलाइदिने भन्दै उनीहरुले सेवाग्राहीबाट पैसा असुल्ने र लाइनमा लागेका सर्वसाधारणहरुलाई सास्ती दिने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

दुवैलाई सेवाग्राहीसँग पैसा बार्गेनिङ्ग गरि लिदै गरेको अबस्थामा कार्यालय परिसरबाट पक्राउ गरेको एसएसपी भट्टराईले जानकारी दिए। महाशाखाको पीडित सहायता कक्षबाट सादा पोशाकमा खटिएको टोलीले आफैँ सेवाग्राही बनेर कारवाही अभियान चलाइरहेको छ।

पक्राउ व्यक्तिहरूलाई महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा थप अनुसन्धान तथा कारवाहीको लागि बुझाएको महाशाखाले जनाएको छ ।

प्रकाशित : आइतबार, असोज १७, २०७८२०:२३

प्राधिकरणले भन्यो : सरकारी संरचना प्रयोग गरेपछि भाडा तिर्नुपर्छ