एम्बाप्पेले पीएसजी छाड्न चाहेको आफैंले गरे सनसनीपूर्ण खुलासा, फ्रान्समा नबस्ने मन बनाइसकेछन्!

फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेले स्पेनिस क्लब रियल म्याड्रिडको चासो बीच पेरिस सेन्ट जर्मेनलाई गत जुलाईमा आफूले क्लब छाड्न चाहेको कुरा बताएको खुलासा गरेका छन्।

गत ट्रान्सफर विन्डोमा निकै चर्चाको विषय बनेको एम्बाप्पे रियल म्याड्रिड यस सिजनको लागि प्रमुख टार्गेट रहेका थिए। जसको कारण रियलले २२ वर्षीय स्टारलाई अनुबन्ध गर्न ३ पटकसम्म बिड गरेको थियो। फ्रेन्च क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर गर्न कुनै चासो नदेखाएता पनि रियल म्याड्रिडले पेश गरेको २२० मिलियनको फाइनल बिड पीएसजीले अस्वीकार गरेको थियो।

 

यस्तोमा स्वयम् एम्बाप्पेले पुष्टि गरेका छन् कि उनले पीएसजीसँग आफूले क्लब छाड्ने चाहना व्यक्त गरेका थिए। यसका साथै उनले पीएसजीसँग सम्झौता नवीकरण गर्न अस्विकार गरेको भन्ने कुरा भने सत्य नभएको पनि बताएका छन्। फ्रान्सेली स्ट्राइकरले आरएमसी स्पोर्टलाई भनेका छन्, “मानिसहरूले भने कि मैले छ वा सात पटक पीएसजीसँग सम्झौता नवीकरण गर्न अस्वीकार गरें, म अब लियोनार्डोसँग कुरा गर्न चाहन्न, यो बिल्कुल सही छैन।”

“मैले क्लब छोड्न आग्रह गरें, किनकि अहिलेको समयमा म क्लबसँग आफ्नो सम्झौता नवीकरण गर्न चाहन्न, मैले क्लबलाई गुणस्तरीय प्रतिस्थापनको लागि एक स्थानान्तरण शुल्क होस् भन्ने चाहन्छु,” उनले भने।

प्रकाशित : सोमबार, असोज १८, २०७८१६:४३

फ्रेन्च मिडियाले भने – ‘अहिले सबै भन्दा खराब नेयमारको छन्’