रियल म्याड्रिडका लागि खुशीको खबर, एम्बाप्पे रियल म्याड्रिड बाहेक अन्य कतै नजाने !

एजेन्सी – फ्रेन्च स्टार किलियन एम्बाप्पेले पेरिस सेन्ट जर्मेन(पिएसजी) छाडेको अवस्थामा रियल म्याड्रिड बाहेक अन्य कुनै पनि क्लबमा नजाने संकेत गरेका छन्।

एक मिडियालाई विस्तृत अन्तर्वार्ता दिनेक्रममा एम्बाप्पेले यस्तो संकेत गरेका हुन्। अन्तर्वार्ताका क्रममा एम्बाप्पेले यस अगाडी आफूले पिएसजी छाड्न चाहेको र त्यसबेला मिलेको भए रियल म्याड्रिड गैसकेको हुने बताए।

“यदि मैले यो समरमा छोडेको भए, त्यो रियल म्याड्रिड को लागी मात्र हुने थियो।”,एक अन्तर्वार्ताका क्रममा एम्बाप्पेले भने। लिग वानमा गएको ६ सिजन देखि लगातार रहेको हुँदा आफूले नयाँ चुनौती तथा अवसरका लागि नयाँ लिगमा जाने सोच बनाएको एम्बाप्पेको भनाई छ।

आफूले लिग वानमा राम्रै गरेको र पिएसजीलाई सकेको सबै दिएको एम्बाप्पेले बताए। पिएसजी छाड्ने आफ्नो निर्णयलाई एम्बाप्पे तार्किक कदम मान्छन्। पिएसजीले एम्बाप्पेलाई पिएसजीमै अड्काउन लिएको हठले आफूलाई तर्साएको समेत एम्बाप्पेले सुनाए।

“यदि अध्यक्षले सबैलाई छाड्न दिन्न, सित्तैमा त झनै जान दिन्न भन्दा डर लागिहाल्छ नि ?”,एम्बाप्पेले भने,”साँचै नधाटी भन्नुपर्दा मलाई त्यसबेला धेरै नै डर लागेको थियो।”

क्लबका अध्यक्षले कुनै पनि हालतमा जान नदिने बताएपछि आफ्नो मनमा अनेक प्रश्नहरु उब्जिएको एम्बाप्पेले बताए। पिएसजीले गरेको जिद्दी देखेर आफू निराश बनेको खुलासा पनि एम्बाप्पेले गरे। उनले भने,”म अलिकति [निराश] थिएँ।”

प्रकाशित : मङ्गलबार, असोज १९, २०७८०८:३९

“नेयमारको समय सकियो, टेक्निकल रुपमा बेकार देखिए”