आज सुन भदौ ३१ गते यताकै महँगो ! कति ?

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। हप्ताको पहिलो दिन बढी दोस्रो दिन स्थिर रहेको सुनको मूल्य आज मंगलबार बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९० हजार ३ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ५ ​सय रुपैंयाँले नै बढेको छ। यससँगै नेपाली बजारमा तेजाबी सुनको मूल्य ८९ हजार ८ सय ५० रुपैंयाँ कायम भएको छ।

सुन असोज महिनाकै महँगो

पछिल्लो वृद्धिसँगै नेपाली बजारमा सुनको मूल्य असोज महिनाकै उच्च भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुन यस महिनाकै महँगो हो। भदौ महिनाको अन्तिम दिन छापावाला सुनको मूल्य ९० हजार ५ सय र तेजाबी सुनको मूल्य ९० हजार रुपैंयाँ रहेको थियो।

चाँदीको मूल्य

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ६० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित : मङ्गलबार, असोज १९, २०७८११:३२

बिहार तथा आसाममा अवस्थित न्यून चापिय क्षेत्रको नेपालमा प्रभाव ! के होला अबको मौसम ?