पेरिस सेन्ट जर्मेन (पिएसजी) स्टार किलियन एम्बाप्पेले २६ सेप्टेम्बरमा मोन्टपेलियरलाई २-० ले पराजित गरेको खेलमा प्रतिस्थापित भएपछि आफ्ना टिममेट ब्राजिलियन सुपरस्टार नेयमारप्रति आफ्नो रिस लुकाउन सकेनन्।
उक्त खेलमा एम्बाप्पेको स्थानमा मैदान प्रवेश गरेका जुलियन ड्रयाक्लरले नेयमारको असिस्टमा गोल गरेपछि फ्रेन्च स्टार बेन्चमा मिडफिल्डर इड्रिसा गुएसँग नेयमारको बारेमा गुनासो गर्दै गरेको देखिएका थिए। जर्मन स्टारको गोलमा पास दिएका नेयमारले आफू मैदानमा हुँदा आफूलाई भने बल नदिएको भन्दै २२ वर्षीय स्टार क्रोधित देखिएका थिए।
“त्यो भिखारीले मलाई पास नै दिँदैन,” एम्बाप्पेले भन्दै गरेको क्यानल+ क्यामारामामा देखियो। यसबारे धेरै चर्चा पनि भएको थियो। यस्तोमा अहिले स्वयम् फ्रेन्च स्टारले पनि यसको पुष्टि गरेका छन्। २२ वर्षीय स्ट्राइकर एम्बाप्पेले एल’ एकुइपेलाई भने,”हो, मैले नेयमार ‘भिखारी’ भनेँ किनकि म उनको पाससँग खुसी थिएँन। यस्ता कुराहरु फुटबलमा भइरहन्छन्। त्यहि भएर, खेलपछि, जे भयो, मैले त्यसको बारे नेयमारसँग कुरा गरेको थिएँ। हामीले जित्न चाहेकै कारण यस्तो भएको हो। त्यहि हो, हामी बीच अब केहि समस्या छैन।
हेर्नुहोस् एम्बाप्पेले नेयमारलाई भिखारी भनेको भिडियो:-
https://twitter.com/i/status/1441872835538993155