मामा-भान्जी मिलेर पैसा उठाउन भन्दै यस्तो सम्म गरेछन् !

काठमाडौँ – प्रहरीले शरीर बन्ध-क तथा अ-पहरण कार्यमा सङ्लग्न दुईजनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाले यही असोज १५ गते चन्द्रागिरि नगरपालिका–३ थानकोटमा डेरा गरी बस्ने नीरमान भोम्जनकी श्रीमतीलाई बन्ध-क बनाएर राख्ने भक्तपुर मध्यपुर ठिमी नगरपालिका–६ का ३७ वर्षीय धीरोज श्रेष्ठ र भक्तपुर चाँगुनारायण नगरपालिका–१ का २९ वर्षीय रसिला अवाललाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ परेका श्रेष्ठ र अवालले पीडितलाई डर त्रास देखाएर भक्तपुर चाँगुनारायण नगरपालिका–१ सरस्वती खेलस्थित अवालको घरमा लगेर बन्ध-क बनाएको अनुसन्धानमा खुलेको छ । पक्राउ पर्ने श्रेष्ठ र अवाल नाताले मामा-भान्जी पर्ने बताइएको छ ।

पक्राउ परेका दुबैजनालाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको सो महाशाखाले जनाएको छ ।

प्रकाशित : मङ्गलबार, असोज १९, २०७८१४:५१

राज्यमन्त्री श्रेष्ठ एकैदिन तीन अस्पताल पुगेपछि…