फ्रान्सको राष्ट्रिय टोली छाड्न तयार रहेको एम्बाप्पेको घोषणा !

एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेले आफू फ्रान्सको राष्ट्रिय फुटबल टोली छाड्न तयार रहेको बताएका छन्। युरोपियन च्याम्पियनशिप २०२० मा पेनाल्टी मिस गरेपछि आफू माथि भएको व्यवहारलाई सम्झिने क्रममा एम्बाप्पेले आफू फ्रान्सको राष्ट्रिय टोलीबाट बिदा हुन तयार रहेको बताएका हुन्।

एक अन्तर्वार्ताका क्रममा फ्रान्सको राष्ट्रिय टोली आफूबिना राम्रो हुन्छ भने राष्ट्रिय टोलीबाट टाढा हुन आफू तयार रहेको एम्बाप्पेले बताए। आफ्नो मूख्य प्राथमिकतामा फ्रान्सको राष्ट्रिय टीम रहेको एम्बाप्पेको भनाई छ।

“मैले सधैं फ्रान्सेली राष्ट्रिय टोलीलाई सबै भन्दा माथि राखेको छु र म यसलाई सधैं सबै भन्दा माथि राख्नेछु।”,एम्बाप्पेले भने,”म बिना नै फ्रान्सको राष्ट्रिय टोली खुशी र सफल हुन्छ भने म राष्ट्रिय टोली छाड्न तयार छु।”

एम्बाप्पेले फ्रेन्च राष्ट्रिय फुटबल टोलीबाट खेल्न आफूले कुनै रकम नलिने गरेको समेत खुलासा गरे। र आउने समयमा पनि राष्ट्रिय टोलीबाट खेल्न एक युरो नलिने एम्बाप्पेको भनाई छ।

युरो कप पश्चात आफूलाई फ्रान्समा धेरै घृणा गरिएको प्रति एम्बाप्पेको चित्त दुखाई छ। आफू कुन स्टेडियममा पुग्दा पनि आफू विरुद्ध हुटिङ हुने गरेको एम्बाप्पेको भनाई छ। सबै भन्दा बढी साथ र समर्थन आवश्यकता रहेको अवस्थामै आफूले सबै भन्दा धेरै घृणा पाएको एम्बाप्पेले बताए। आफूले ‘बाँदर’ समेत भनिएको एम्बाप्पेको बताउँछन्।

प्रकाशित : मङ्गलबार, असोज १९, २०७८१५:४१

सन्यास लिन तयार भएका एम्बाप्पे: आइडल रोनाल्डो, हर्कत मेस्सीको जस्तो !