के डिपेलाई बार्सिलोना आएकोमा पछुतो छ ? दिए यस्तो जवाफ !

एजेन्सी – यसै सिजन बार्सिलोना आइपुगेका डच फरवार्ड मेम्फिस डिपेले बार्सिलोना आएकोमा आफूलाई कुनै पछुतो नरहेको बताएका छन्। एक अन्तर्वार्ताका क्रममा पत्रकारले सोधेको प्रश्न जवाफ दिनेक्रममा डिपेले बार्सिलोना आएकोमा आफूलै पछुतो नरहेको बताएका हुन्।

पछिल्लो समय बार्सिलोना खराब अवस्थाबाट गुज्रिरहेको छ। लगातारको कम्जोर प्रदर्शनका कारण बार्सिलोना अहिले धेरै नै कम्जोर अवस्थामा छ। यस अवस्थालाई जोडेर बार्सिलोना आएको प्रति कुनै पश्चाताप छ भनेर गरिएको प्रश्नको जवाफ दिनेक्रममा डिपेले आफूलाई कुनै पछुतो नरहेको बताए।

“तपाइँ मलाई यो कसरी सोध्न सक्नुहुन्छ? सबैलाई थाहा छ यो क्लबको महानता र बार्सिलोनाबाट खेल्नु एक खेलाडीका लागि कति महत्वपूर्ण हुन्छ पनि थाहा होला ?”,डिपेले भने,”मलाई यसमा कुनै पश्चाताप छैन र हुने छैन पनि।”

बार्सिलोनाको पछिल्लो अवस्था बारे सबैलाई थाहा भएको र त्यसलाई लिएर धेरै डराउनु नपर्ने डिपेले बताए। बार्सिलोना हालको जति कम्जोर नहुने भएका कारण सबै आत्तिएको उनको भनाई छ।

“बार्सिलोनालाई महान फुटबल जित्ने र राम्रो खेल्ने बानि परेको छ। त्यसैले अहिले सबै आत्तिएका छन्। तर म ढुक्क छु समय सँगै सबै परिवर्तन हुनेछ। हामी बलियो प्रदर्शन गर्न सक्ने छौँ। “

प्रकाशित : बुधबार, असोज २०, २०७८०९:३४

एम्बाप्पेले भने – “मेरो मेस्सीसँग खेल्ने सपना थिएन”