हिजो असोज महिनाकै महँगो भएको सुन आज सस्तियो !

काठमाडौँ – मंगलबार असोज महिनाकै महँगो भएको सुनको मूल्य बुधबार घटेको छ। हप्ताको पहिलो दिन बढी दोस्रो दिन स्थिर रहेर तेस्रो दिन बढेको सुनको मूल्य आज घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ८९ हजार ९ सय रुपैंयाँ कायम भएको छ।

 

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ४ ​सय रुपैंयाँले नै घटेको छ। यससँगै नेपाली बजारमा तेजाबी सुनको मूल्य ८९ हजार ४ सय ५० रुपैंयाँ कायम भएको छ।

चाँदीको मूल्य

आज सुनको मूल्य घटेपनि चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ६० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित : बुधबार, असोज २०, २०७८११:०२

आजबाट पितृ पक्ष तथा सोह्र श्राद्ध समापन, भोलि घटस्थापना !