बलिउडमा केहि यस्ता स्टार जोडी छन्, जसलाई हामी श्रीमान र श्रीमतीको रुपमा गल्ती गर्छौं, ती मध्ये १ स्टार जोडी शाहरुख खान र काजोल हुन्। यी दुईको केमेस्ट्री देखेर हरेकले यी दुईलाई श्रीमान-श्रीमती सम्झन्छन्। दर्शक जस्तै वरुण धवन पनि उनीहरुलाई त्यस्तै सम्झन्थे। वरुणले यस कुराको खुलासा आफैले गरेका थिए।
शाहरुख खान र काजोलले दिलवाले दुल्हनिया ले जाएंगे, कुछ कुछ होता है, कभी खुशी कभी गम, माय नेम इज खान, दिलवाले जस्ता फिल्ममा एकसाथ काम गरेका थिए। कुनै फिल्ममा शाहरुख र काजोललाई सँगै राख्नु भनेको फिल्म हिट हुनु हो। वास्तवमा बदलापुर अभिनेता वरुण धवन एक समयमा शाहरुख खान र काजोललाई श्रीमान-श्रीमती मान्थे। यस कुराको खुलासा वरुण धवनले एक रियलिटी शोमा खुलासा गरेका थिए। वरुण शाहरुख खानको घरमा जाँदा शाहरुख खान र गौरी खानलाइऐ देखेर छक्क परेका थिए।
वास्तवमा वरुण धवन एक रियालिटी शोमा उपस्थित भएका थिए, जहाँ उनले शाहरुख खान र चुलबुली काजोलको बारेमा कुरा गरेका थिए। उनको बारेमा कुरा गर्दै वरुण धवनले शाहरुख खानको घरमा एनवीएको चन्दा उठाउन गएको र त्यहाँ उनको श्रीमती गौरी खानले ढोका खोलेपछि आफु छक्क परेको कुरा बताएका थिए।
उनले यो देखेर छक्क परे र त्यहाँ उभिएर उनीहरुलाई २ मिनेट हेरे। उनले चन्दा लिएर फर्किए र त्यस घटनालिई घरमा आएर आमासँग भनेका थिए। उनले आफ्नो आमालाई काजोल म्याम शाहरुख खानको श्रीमती हैन भनेर प्रश्न गरेका थिए र उनको आमाले शाहरुखको श्रीमती काजोल नभई गौरी खान भएको कुरा बताएकी थिइन् । काजोल र शाहरुखको केमिस्ट्री यति मिल्थ्यो कि हरेक उनीहरुलाई श्रीमान-श्रीमती नै मान्थे।