शारदीय नवरात्रि आज अर्थात् असोज २१ गतेबाट सुरु भएको छ । यस समयमा केही नयाँ वस्तु तथा कपडा खरिद गर्नु निकै शुभ मानिन्छ । यस वर्षको नवरात्रि ८ दिनको परेको छ । किनकि एकै दिनमा दूई वोटा तिथिहरु परेका छन् । नवारात्रिको समयमा माता दुर्गाको विभिन्न रुपमा पूजा गरिन्छ । दिन अनुसार माता दुर्गालाई भोगा चढाउने प्रचलन रहेको छ । अक्र्को तर्फ यस समयमा माता दुर्गाको पूजाको समयमा नवरात्रि अवधि भर दिन अनुसार फरक फरक रङ्गको वस्त्र धारणा गर्ने प्रचलन रहेको छ ।
पहिलो दिन- नवरात्रिको पहिलो दिन धार्मिक मान्यता अनुसार पहेलो रङ्गको कपडा लगाउनु शुभ मानिन्छ । य दिन दुर्गा माताको प्रारम्भ रुप शैल पुत्रको पूजा गरिन्छ । शैल पुत्रीलाई पहेलो रङ्ग मन पर्छ । त्यसैले नवरात्रिको पहिलो दिन पहेलो रङ्गको कपडा लगाउनु शुभ मानिन्छ ।
दिस्रो दिन- नवरात्रिको दोस्रो दिन माता ब्रह्मचारिणीको पूजा गरिन्छ । माता ब्रह्मचारिणीलाई हरियो रङ्ग मन पर्छ त्यसैले नवरात्रिको दोस्रो दिन हरियो रङ्गको कपडा लगाउनु शुभ मानिन्छ ।
तेस्रो दिन- नवरात्रिको तेस्रो दिन दुई तिथि सँगै परेको कारण चन्द्रघण्टा र कुष्मांडाको पुजा गरिन्छ । यसैले यस दिन खैरो र सुन्तला कपडा लगाएर पूजा गर्नाले देवी देवीको आशीर्वाद मिल्ने मान्यता रहेको छ ।
चौथो दिन- यस दिन देवी स्कन्द माताको पूजा गरिन्छ। यस दिन सेतो लुगा लगाएर पूजा गर्नाले पूजा सफल हुने मान्यता रहेको छ ।
पाचौँ दिन- पाचौ दिन माता कात्यायनीको पूजा गरिन्छ । माता कात्यायनीलाई रातो रङ्ग मन पर्छ । त्यसैले यस दिन पूजाको समयमा रातो रङ्गको कपडा लगानु शुभ मानिन्छ ।
छाठौँ दिन- यस दिन माता कालरात्रिको पूजा गरिन्छ। भक्तहरूले यस दिन नीलो रङ्गको कपडा लगाएर देवीको पूजा गर्नुपर्छ।
सातौं दिन- यस दिनमा दुर्गाको आठौँ रूप महागौरीको पूजा गरिन्छ। किनकि यस वर्ष पञ्चमी र षष्ठी एकै दिनमा परेको छ । यस दिन पूजा गर्दा भक्तहरुले गुलाबी रंगको कपडा लगाउनु पर्छ।
आठौँ दिन- दिन माता दुर्गाको रुप देवी सिद्धिदात्रीको पूजाको गरिन्छ । यस दिन भक्तजनहरुले बैजनी रंगको कपडा लगाउनु शुभ मानिन्छ।