बलिउड फिल्मको अन्त्य वा क्लाइमेक्समा धेरै निर्भर हुन्छ। यसबाट थुप्रै पटक यो पनि तय हुन्छ कि फिल्म कसरी चल्छ कसरी चल्दैन। यो थुप्रै फिल्ममा सिद्द पनि भईसकेको छ। यी फिल्मको क्लाईमेक्स अन्त्यमा कुनै न कुनै कारण बदलिन्छ र फिल्म हिट हुन्छ। थाहा पाउनुहोस् ति फिल्मको बारे जुनको अन्त्यमा कुन सीन बद्लिएको थियो।
शोले

बलिउडको यादगार फिल्म ‘शोले’ को दुई क्लाइमेक्स तयार गरिएको थियो। यी मध्ये जुन फिल्ममा देखाइएको छ त्यसमा ठाकुर गब्बरलाई मार्नु भन्दा पहिला उसलाई समात्छ । यधपी सेंसर बोर्डले ठाकुरले गब्बरलाई खुट्टामा हानेको सीनलाई सही मानेनन्। निर्देशक अनुसार, ठाकुरसँग गब्बरलाई मार्ने अरु विकल्प नै थिएन। बन्दुक पनि चलाउन सक्दैन थिए त्यसैले यसको अन्तिम सीन बद्लिएको थियो।
बाजीगर

शाहरुख खान स्टारर फिल्म ‘बाजीगर’ अभिनेताको सर्वश्रेष्ठ र सफल फिल्महरु मध्ये एक हो। यस फिल्मको क्लाइमेक्समा शाहरुख खानको चरित्र अजयको मृत्यु भएको देखाइएको थियो। यद्यपि वास्तवमा यसको अन्त्यमा अर्कै योजना बनाईएको थियो।
फिल्मको निर्देशक अब्बास मस्तानले पीटीआईलाई कुराकानी गर्दा दुई क्लाइमेक्स तयार गरिएको कुरा भनेका थिए। एकमा अजयको मृत्यु हुन्छ र अर्कोमा अजयलाई पुलिसद्वारा गिरफ्तार गरीएको हुन्छ । फिल्मसँग जोडिएका प्रतिष्ठित व्यक्तिहरुको अजयको गिरफ्तारीले दर्शकहरुबाट सहानुभूति नमिल्ने कारण अजयको मृत्युलाई क्लाइमेक्समा रुपमा रखिएको थियो।
आंखें

अमिताभ बच्चन, अक्षय कुमार र अर्जुन रामपालको अभिनयले सजिएको २००२ मा रिलीज भएको फिल्म ‘आँखें’ को क्लाइमेक्स पनि अरु केहि नै सोचिएको थियो। यो फिल्ममा अमिताभको चरित्र विजय सिंह राजपूत जेल जान्छ । अक्षय र अर्जुन सुष्मिता सेनको भाईको हेरचाहको जिम्मेवारी लिन्छन्। तर वास्तविक अन्त्यमा अमिताभ पुलिस अधिकारीलाई लुटेको एक हिस्सा दिने प्रलोभन दिएर भाग्छन् । त्यसपछि अक्षय र अर्जुन ट्रेन कुरिरहेका हुन्छन्। अमिताभलिई देखेर अक्षय र अर्जुन आफ्नो पेस्तोल निकाल्छन् र अमिताभ हास्छ्न् र फिल्मको अन्त्य हुन्छ। तर भारतमा अमिताभको गिराफ्तार भएको अन्त्य देखाईएको थियो।
पीके

आमिर खान स्टारर फिल्म ‘पीके’ को पनि क्लाइमेक्स बद्लिएको थियो। फिल्ममा पीकेलाई ग्रहबाट उनको साथी रणबीर कपूर लिन आउँछन् । यधपी अन्त्यमा अनुष्काको भूमिका जग्गू र सुशांत सिंह राजपूतको भूमिका सरफराज पीकेलाई याद गर्दै ब्याटरी रिचार्ज डान्स गर्छन् ।
पिंक

यस लिस्टमा अमिताभ बच्चनको नै फिल्म पिङ्क पनि पर्छ। यस फिल्मको क्लाइमेक्समा अदालतमा वकीलको तर्कबात केटिहरु निर्दोष साबित हुन्छन्। यधपी यस फिल्ममा फिल्ममा प्रमाण र साक्षीको कारण केटीहरुले केस हार्छन्। फिल्मको अभिनेत्री तापसी पन्नूले बलिउड लाइफसँगको कुराकानीमा फिल्मको क्लाइमेक्स बदलिएर केटिले जितेको देखाउन परेको कुरा बताएकी थिइन्।

