आजबाट शुरु भएको नवरात्री अवधिभर भुलेर पनि नखानुहोस यस्ता चिज, हुनेछ अनिष्ट!

आजबाट घटस्थापना अर्थात्  नवरात्र सुरु भएको छ ।  यस पटक नवरात्र ९ दिन हुने पर्नेमा ८ दिन रहेको छ । यस पटक तृतीया र चतुर्थी एकै दिनमा परेको छ, जसको कारण सामान्यतय ९ दिनको हुने नवरात्र यस वर्ष भने ८ दिनको मात्र रहेको छ । यो समयमा जो भक्तहरु नवरात्रको व्रत राख्दछन्, उनीहरुलाई केहि नियमको पालन पनि गर्नुपर्ने हुन्छ । आज हामी यस लेख मार्फत बताउनेछौँ कि नवरात्रको सामयमा कस्ता कुरा भुलेर पनि सेवन गर्नु हुँदैन, जसको सेवन गर्दा देवी माता रुष्ट हुन्छिन् ।

तोरी र तिलको तेलको प्रयोग नगर्ने:

नवरात्रको समयमा तिल र तोरीको तेलको सेवनबाट टाढा रहनुहोला । किनकि यस्ता चिजले मानव शरिरमा गर्मी पैदा गर्दछ । जसको कारण मानव दिमाख  एकिकृत हुन सक्दैन । त्यसैले यस समयाम भटमासको तेलको प्रयोग  गर्नु उचित मानिन्छ ।

त्यस्तै नवरात्रि उपवासको समयमा लसुन, प्याज, गहुँ, चामल, दाल, मासु र अण्डा उपभोग गर्नुहुँदैन ।  साथै यस समयमा बेसार, धनिया, हिंग र गरम मसलाको प्रयोग गर्नु हुँदैन ।

गहुको पिठो मैदा र सुजि पनि प्रयोग गर्नु हुँदैन । यस समयमा कुनै किसिमको नुनको प्रयोग गर्नु हुँदैन ।

नवरात्रीको समयमा तपाई फलफुल तथा सब्जीको प्रयोग गर्न सक्नुहुन्छ । यसको साथ-साथै दहि, दुध, कालो मरिच र जिराको सेवन गर्न सक्नु हुन्छ ।

प्रकाशित : बिहिबार, असोज २१, २०७८१८:०८

बढ्यो सार्वजनिक यातायातको भाडा….