बलिउड फिल्ममा सबै अभिनेत्री मुख्य भूमिका निभाउन चाहन्छन्। सबैजना यस्तो चरित्रको एक हिस्सा हुनु पर्छ, जसको पछाडि फिल्मको कहानी घुम्छ, तर कहिले काहिँ यस्तो पानि हुन्छ कि को-स्टारले मुख्य कलाकारभन्दा धेरै प्रशंशा पाउँछन्। बलिउडमा यस्ता थुप्रै फिल्म छन् जसमा को-स्टारको अभिनयको प्रशंशा मुख्य कलाकारभन्दा धेरै भएका छन्।
प्रियंका चोपडा
यस लिस्टमा सबैभन्दा पहिला नाम आउँछ फिल्म “बाजीराव मस्तानी” । यस फिल्ममा मुख्य भूमिका दीपिकाको थियो र सपोर्टिंग रोल प्रियंकालाई दिईएको थियो। यस फिल्ममा दीपिकाले भन्दा धेरै प्रियंकाले प्रसंसा बटुलेकी थिइन्।
अनुष्का शर्मा
अनुष्का शर्माले २०१३ को फिल्म “जब तक है जान” मा एक सहायक भूमिका निभाएकी थिइन्। यस फिल्ममा कट्रिना कैफ र शाहरुख मुख्य भूमिकामा थिए। तर पनि दर्शकले अनुष्का शर्माको अभिनयलाई मन पराएका थिए । यस फिल्ममा कट्रिना कैफ र शाहरुख खानको प्रेम कहानीलाई मानिसहरुले मन पराए तर अनुष्काको अभिनयले धेरै चर्चा पायो।
नवाजुद्दीन सिद्दीकी
कुनै पनि फिल्ममा को-स्टारले लाइमलाइट त्यति बटुलेका छैनन् जति मुख्य भूमिका निभाउने चरित्रले गर्छन्। यो “बदलापुर” फिल्मको हो जब को-स्टारले मुख्य भूमिकाभन्दा धेरै चर्चा पाए। यसको भूमिका नवाजुद्दीन सिद्दीकीले गरेका हुन्।
सनी देओल
सनी देओलको सुपरहिट फिल्म दामिनीमा सन्नी देओलले सहायक पात्रको भूमिका निभाएका थिए, जुन मानिसहरुलाई धेरै मन परेको थियो । यो फिल्म १९९३ मा आएको थियो जसमा ऋषि कपूरले मुख्य भूमिकामा थिए।