एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले ब्राजिलियन स्टार फुटबलर नेयमारलाई पुनः क्लबमा फिर्ता ल्याउन नसक्नुले बार्सिलोनालाई फाइदा भएको टिप्पणी गरेका छन्।
हालसालै एक मिडियालाई विस्तृतमा अन्तर्वार्ता दिनेक्रममा लापोर्टाले नेयमारलाई नभित्र्याएर बार्सिलोनाले राम्रो गरेको बताएका हुन्। नेयमारलाई फोर्ता ल्याउने केहि प्रयास भएको र ती प्रयास असफल हुनु बार्सिलोनाका लागि राम्रो सावित भएको लापोर्टाले बताए।
नेयमारले बार्सिलोना आउने चाहने राखेपछि बार्सिलोनाले उनलाई क्लबमा फिर्ता ल्याउन केहि प्रयास गरेको लापोर्टाले स्विकारे। पछि सबै प्रस्ताव असफल भएको र त्यसले बार्सिलोनालाई नै फाइदा भएको लापोर्टाको भनाई छ।
“उनीहरुले हामीलाई नेयमार फिर्ता आउन चाहेको बताए। उनलाई जान दिन क्लब पनि तयार थियो।”,लापोर्टाले भने। पछि नेयमार राम्रो अफर पाएपछि पिएसजीमै बसेको र त्यसले बार्सिलोनालाई फाइदा गराएको लापोर्टाले बताए।
“तर यो फुटबल हो र जो सबै भन्दा राम्रो प्रस्ताव जसले गर्छ त्यसले जित्छ। उनलाई फिर्ता ल्याउने असफल हुनुले हामीलै घाटा भएन। बरु केहि राम्रो चाहिं भयो।”,लापोर्टाले भने,”नेयमारले धेरै आम्दानी गराउन सक्थे होला। तर उनीसँग सम्झौता हुन नसक्नु पनि राम्रै भयो।”
गएको केहि सिजन नेयमारले बार्सिलोना फिर्ता हुन तिब्र इच्छा जाहेर गरेका थिए। उनले कुनै पनि हालतमा लियोनेल मेस्सीसंग पुनः एक हुने हठ लिएपछि पिएसजीले पनि उनलाई क्लब छाड्न दिन तयार भएको थियो। पिएसजीले क्लब छाड्न दिने भएपछि बार्सिलोनाले केहि प्रस्ताव नेयमार र पिएसजीलाई गर्दा सहमति हुने सकेन। पछि नेयमारले पिएसजीमै सम्झौता थपे।
बार्सिलोनामा बस्न नमिल्ने भएपछि मेस्सी पनि पिएसजी पुगे। मेस्सी यहि सिजन पिएसजी पुगेका हुन्। फ्री ट्रान्सफरमा पिएसजी पुगेका उनी लय समात्न संघर्षरत छन्।

