ओइली स्किनबाट छुटकारा पाउन घरमै गर्नुहोस् आइस क्यूब फेशियल !

घामले डढेको छालामा बरफ रगडयो भने आराम मिल्छ। कपडामा बरफ राखी अनुहारमा रगडदा  पिम्पल्सको रातोपन कम हुन्छ। ब्यूटी पार्लसमा जति नै फेशियल  छन् त्यो तपाईको छालाको लागि फाईदादायक हुन्छन् र छालामा चमक ल्याउँछन्। तर के तपाई  स्किन टाइप अनुसार सही फेशियल गर्नुहुन्छ ?आइस-क्यूब फेशियल सबैभन्दा सस्तो र प्रभावी हुन्छ। खासगरी ओइली स्किन हुनेको लागि धेरै राम्रो हुन्छ। यो फेशियल सनबर्न र स्किन एजिंगको लागि वरदान हो। थाहा पाउनुहोस् यसले  ओइली स्किनको समस्याबाट  छुटकारा पाउँन कसरी मदत्त गर्छ :

१. ओइली स्किन हुनेहरुको अनुहारबाट धेरै तेल निक्लिने भएको कारण अनुहार चिल्लो देखिन्छ। यसबाट छुटकारा पाउनको लागि  अनुहारमा बरफ रगड्नु पर्छ, जसकारण स्किनको पोर्सहरु कम हुन्छन् र अनुहारमा भएको चिल्लोपन बाहिर आउँछ र छालामा चमक आउँछ ।

२. ओइली स्किनमा पिम्पल्स आउनु सामान्य कुरा हो। यसबाट छुटकारा पाउनको लागि बरफ कपडामा वा पोलिथीनमा राखेर रगडदा  पिम्पल्सको रातोपन कम हुन्छ। बरफलाई सिधै प्रयोग गर्दा छालामा समस्या  हुन्छ। पानीमा ग्रीन टी उमालेर आइस-ट्रेमा जमाएर पछि यसलाई आँखा र डार्क सर्कल्समा  हल्का हातले रगडनाले सुन्निन कम हुन्छ।               

३. अनुहारमा निखार ल्याउनको लागि काक्रोको रसमा मह र कागतीको रस मिसाउनुहोस् र आइस ट्रेमा यसको मिश्रण राख्नुहोस्। त्यसपछि  यो आइस क्यूबलाई अनुहार मा ५ मिनेटसम्म मालिश गर्नुहोस् र त्यसपछि अनुहार धुनुहोस्। यसले डेड स्किनबाट छुटकारा पाउन मदत्त गर्छ।

४. सनबर्न हुनु सामान्य कुरा हो। यसबाट बच्नको लागि तपाईले आफ्नो छालामा बरफ रगडन सक्नुहुन्छ। साथै तपाईले एलोवेराको रस पानीमा मिलाएर फ्रिजमा जमाउन सक्नुहुन्छ र पछि यसको प्रयोग गर्न सक्नुहुन्छ जुनले तपाईको छालालाई सफा बनाउँछ।

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८१२:४२

दिनहु खानुस मुला: हुनेछ क्यान्सर, जन्डिसदेखि मसल्स बनाउनसम्म अनेकौ फाइदा!