टमाटरको रसलाई यसरी गर्नुहोस् प्रयोग, कमाल हुनेछ !

यो विशेष प्याकको उपयोग गरेर  छाला कसिलो हुन्छ र नियमित रुपले यसको प्रयोगले छाला केहि दिनमा नै नरम र चम्किलो देखिन्छ।

चालीस वर्षको उमेरपछि मानिसहरुको सौन्दर्य कम हुन थाल्छ। त्यसैले बुढेसकालमा जवान रहनको लागि मान्छेहरु थरि-थरिका उपाय अपनाउछन्। कोहिले कस्मेटिक सर्जरीको पी सहारा पनि लिन्छन्। तर आज हामी तपाईलाई पाकृतिक तरिकाबाट सुन्दर देख्नको लागि ब्युटी टिप्स बताउँछौँ जुनलाई अपनाएपछि तपाई ४० वर्षको उमेरमा पनि लक्का जवान देख्न सक्नुहुन्छ।

अनुहारमा स्क्रब गर्नुहोस्

अनुहारमा डेड स्किन जम्ने कारणले अनुहार बुढो देखिन्छ। यस्तो हुंदा डेड स्किनलाई स्क्रब गरेर हटाउनु होला।

एन्टी एजिंग क्रीम

यस्तो लोशन र क्रीम लगाउनुहोस् जुन एन्टी एजिंग होस । यसले अनुहारको छालामा कोलेजन बढ्नेछ र अनुहारको रिन्कल कम हुन्छ।

अनुहारलाई सधैँ मसाज गर्नुहोस्

नियमित अनुहारलाई पार्लरमा गएर मसाज गर्नुहोला। यस्तो गर्नाले अनुहारको रिन्कल कम हुन्छ र अनुहार टाइट बन्छ।

कपालमा मेहेन्दी

कपालमा रंग लगाउनुहोस् र यसले तपाईलिई जवान देख्न मदत्त गर्छ।

नियमित रुपमा पानी पिउनुहोस्

सकेसम्म धेरै पानी पिउनुहोस् किनकि पानी पिउनाले अनुहार सधैं हाइड्रेटेड रहन्छ। तपाई चाहानुहुन्छ भने नियमित रूपमा ग्रिन टि पनि  पिउन सक्नुहुन्छ।

व्यायाम

व्यायामले शरीरलाई तन्दुरुस्त राख्छ र छालामा चमक ल्याउँछ र रिन्कल कम हुन्छ। 

केहि खास फेस प्याक

-काक्रोको रसमा कागतीको रस मिसाएर १५ मिनेटसम्म  लगाउनुहोस् र त्यसपछि चिसो पानीले धुनुहोस्।

-हप्तामा एकपटक ठुलो बाल्टीमा एक कप दुध एवम्  चन्दनको तेल मिसाएर नुहाउनुहोस्। यसले छालालाई नरम बनाउछ।

-एक्नेलाई कम गर्नको लागि निम पाउडरमा थोरै बेसार मिसाउनु र दुधमा केहि बेरसम्म भिजाएर राख्नुहोस्। यसलाई अनुहारमा १५ मिनेटसम्म राख्नुहोस्। चिसो पानीले धुनुहोस्।  त्यसपछि अनुहारमा एक्ने आउन कम हुन्छ।

-दुई चम्चा दूधमा टमाटरको रस मिलाएर अनुहारमा लगाउनुहोस्। यसलाई 20 मिनेटसम्म अनुहारमा राख्नुहोस्। यो ओइली स्किनको लागि राम्रो फेस प्याक हो। यसले  डेड स्किन जानुको साथै नरम स्किन पाउनुहुन्छ।

-स्याउ, कागती र भुईकटहरको रस अनुहारमा लगाउनुहोस् र १५ मिनेटपछि अनुहार धुनुहोस्। यो प्याकले छालालाई कसिलो बनाउँछ र नियमित रुपमा यसको प्रयोग गरेपछि छाला केही दिनमै जवान देखिन थाल्छ।

– जौंको पिठो ताजा नारियलको दुधमा मिसाउनुहोस् र ३० मिनेटसम्म फ्रिजमा राख्नुहोस्। अनुहारलाई क्लींजिंग मिल्कले पनि सफा  गर्न सक्नुहुन्छ। मन तातो पानीले धोएपछि तयार गरिएको स्क्रबलाई अनुहार र गर्दनमा लगाउनु होला। त्यसपछि १० मिनेट पछि सफा गर्नुहोस् र मनतातो पानीले अनुहार धोएपछि मोइस्चराइजर लगाउनुहोस। यसले तपाईको स्किनलाई नरम बनाउँछ।

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८१२:४१

ओइली स्किनबाट छुटकारा पाउन घरमै गर्नुहोस् आइस क्यूब फेशियल !