एजेन्सी – यसै सिजन युभेन्टसबाट प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड पुगेका क्रिस्टियानो रोनाल्डो सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी घोषित भएका छन्। रोनाल्डो सप्टेम्बर महिनाको उत्कृष्ट प्रिमियर लिग खेलाडी घोषित भएका हुन्।
युनाइटेड फिर्ता भएलगतै प्रभावशालि प्रदर्शन गर्न थालेका रोनाल्डोले ‘प्रिमियर लिग बेस्ट प्लेयर अफ द मन्थ’ घोषित हुँदा जोआओ क्यान्सलो (म्यानचेस्टर सिटी), एन्टोनियो रुडिगर (चेल्सी), एलन सेन्ट-म्याक्सिमिन (न्युक्यासल युनाइटेड), इस्माइला सर (वाटफोर्ड) र मोहम्मद सलाह (लिभरपूल) जस्ता खेलाडीहरुलाई पछि पारे।
रोनाल्डोले सेप्टेम्बरमा युनाइटेडका लागि ३ गोल गरे। रोनाल्डोले न्यु क्यासल विरुद्ध २ गोल गरेका थिए। उक्त खेल युनाइटेडले ४-१ ले जितेको थियो। त्यस्तै रोनाल्डोले वेस्ट ह्याम विरुद्ध पनि गोल गरेका थिए।
रोनाल्डोले पहिलो प्रिमियर लिगमा प्लेयर अफ द मन्थ अवार्ड सबै भन्दा पहिला सन् २००६ मा जितेका थिए। सन् २००६को नोभेम्बरको उत्कृष्ट प्रिमियर लिग खेलाडी रोनाल्डो घोषित भएका थिए।
नोभेम्बर लगतै डिसेम्बरमा पनि रोनाल्डो उत्कृष्ट खेलाडी घोषित भएका थिए। त्यसपछि रोनाल्डोले सन् २००८ को जनवरी र मार्चमा थप दुई अवार्ड जितेका थिए।

