एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेको भविष्यलाई लिएर मतभेद उत्पन्न भएको छ। एम्बाप्पेले स्पेनिस क्लब रियल म्याड्रिड जसरी पनि जाने सोचे बनाएसँगै उनको परिवारमा मतभेद उत्पन्न भएको हो।
विभिन्न संचार माध्यमहरुका अनुसार एम्बाप्पे पिएसजीमै बस्ने कि रियल जाने भनेर उनको परिवारले निर्णय गरिसकेको छ। एम्बाप्पेको धेरै जस्तो निर्णयहरुमा उनको परिवारले भूमिका खेल्ने गरेको छ।
पछिल्लो खबरका अनुसार एम्बाप्पेका पिता एम्बाप्पे पेरिस सेन्ट जर्मेन(पिएसजी)मै रहनुपर्ने पक्षमा रहने गरेका छन् भने परिवारक अन्य सदस्य एम्बाप्पेले रियल म्याड्रिडमा गएर आफ्नो सपना पूरा गर्नुपर्ने मान्छन्।
एम्बाप्पेका बुवा विलफ्रेड एम्बाप्पे र आमा फायजा लामारी छुट्टिएको भएपनि छोराको भविष्यलाई लिएर लगभग समान मत राख्छन्। एम्बाप्पेका पिता विलफ्रेड पिएसजीमै रहेर एम्बाप्पेले फुटबल खेल्नु पर्ने पक्षमा छन्। त्यस्तै लामारी पनि कम्तीमा सन् २०२४ सम्म पिएसजीमा रहनुपर्ने बताउँछिन्।
एक अन्तर्वार्ताका क्रममा लामारीले एम्बाप्पे सन् २०२४ मा हुने ओलम्पिक सम्म रहुन भन्ने आफ्नो चाहना रहेको सुनाइन्। एम्बाप्पे पेरिस छाड्ने हतारिएको भएपनि उनको परिवार भने पेरिस छाड्न हतार नगर्ने मनस्थितिमा देखिन्छ। यसरी आमा र बुवा एम्बाप्पे केहि समय पिएसजीमै रहुन् भन्ने पक्षमा रहेपनि रियल जाने कि नजाने भन्ने निर्णय एम्बाप्पेमै निहित हुनेछ।
आमा र बुवाले एम्बाप्पे केहि समय पिएसजीमै रहेको हेर्न चाहेपनि एम्बाप्पेले गएको ट्रान्सफर विन्डोमा रियल छाड्न धेरै जोडबल गरेका थिए। त्यसबेला रियलले पनि ठोस प्रस्ताव पिएसजीलाई गरेको थियो। जसलाई पिएसजीले सिधै अस्विकार गरिदिएको थियो।

