काठमाडौँ – पूर्वमिस नेपाल शृंखला खतिवडाले आफ्ना पिता विरोध खतिवडाले स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने काम गर्ने आशा राखेकी छन्।
शुक्रबार विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएपछि सामाजिक संजाल मार्फत बधाई दिँदै शृंखलाले स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने काम आफ्ना पिताबाट हुने आशा व्यक्त गरेकी हुन्।
पिता विरोधले नेपालको हितमा र जनता सत्तामा रहने गरी काम गर्ने आशा पनि शृंखलाको छ। विरोधले नेपालको स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने प्रणालीगत परिवर्तनहरुको पहिचान गरुन् भन्ने शृंखला चाहन्छिन्।
“मलाई आशा छ कि तपाइँ नेपालको हितमा गरिमा सहित काम गर्नुहुनेछ र जनतालाई सत्ता भन्दा माथि जनतालाई राख्नुहुनेछ। प्रणालीगत परिवर्तनहरुको पहिचान गरेर नेपालको स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सकारात्मक प्रभाव छाड्नुहुन्छ भन्ने आशा पनि छ।”,शृंखलाले सामाजिक संजालमा लेखेकी छन्।
साथै शृंखलाले विरोध एक राम्रो नेताको रुपमा उदाउनेछन् भन्ने आशा पनि राखेकी छन्। उनी थप लेख्छिन्,”तपाइँलाई यो विशाल भूमिकामा देख्नको लागी उत्साहित छु, सँगै अत्तालिएको पनि। आशा छ हामी सबैलाई चाहिएको नेताको रुपमा उदाउनुहुनेछ।”
सामाजिक संजालमा शृंखला लेख्छिन्,”मलाई आशा छ कि तपाइँ नेपालको हितमा गरिमा सहित काम गर्नुहुनेछ र जनतालाई सत्ता भन्दा माथि जनतालाई राख्नुहुनेछ। प्रणालीगत परिवर्तनहरुको पहिचान गरेर नेपालको स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सकारात्मक प्रभाव छाड्नुहुन्छ भन्ने आशा पनि छ। तपाइँलाई यो विशाल भूमिकामा देख्नको लागी उत्साहित छु, सँगै अत्तालिएको पनि। आशा छ हामी सबैलाई चाहिएको नेताको रुपमा उदाउनुहुनेछ।
-तपाइँको सबैभन्दा ठूलो समर्थन र सबैभन्दा ठूलो आलोचक।