बालोन डी’ओरमा मेस्सीले भोट गर्ने सूचीमा परे चार खेलाडी, रोनाल्डो परेनन् !

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्टार फरवार्ड लियोनल मेस्सीले सन् २०२१ को बालोन डी’ओरमा भोट गर्न सक्ने केहि खेलाडीहरुको नाम अगाडी आएको छ। मेस्सी आफैंले बालोन डी’ओरमा उनले भोट गर्न सक्ने केहि खेलाडीहरुको नाम बताएका हुन्।

एक अन्तर्वार्ताका क्रममा मेस्सीले आफ्ना नयाँ सहकर्मी किलियन एम्बाप्पे र नेयमारलाई निस्सन्देह भोट गर्ने बताए। एम्बाप्पे र नेयमार बाहेक बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोव्स्की र रियल म्याड्रिडका करिम बेन्जेमा पनि आफूले भोट गर्ने खेलाडीको सूचीमा रहेको बताए।

लियोनल मेस्सीले रियल म्याड्रिडमा करीम बेन्जेमाले देखाइरहेको खेल प्रदर्शनको सराहना गर्दै बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोव्स्कीले यस वर्ष पनि धेरै राम्रो खेलेको स्विकार गरे।

“मेरो टीममा दुई जना खेलाडी छन्, जसलाई म सजिलै भोट गर्न सक्छु। र त्यसपछि लेवान्डोव्स्की, जसले धेरै नै उत्कृष्ट वर्ष बिताए। मैले भोट गर्ने सूचीमा बेन्जेमा पनि छन्।”,मेस्सीले एक अन्तर्वार्ताका क्रममा भने।

यस वर्ष (२०२१) को बालोन डी’ओर अन्तिम ३० मनोनयन सार्वजनिक भैसकेको छ। सार्वजनिक मनोनयनमा लियोनेल मेस्सीको नाम पनि परेको छ। मेस्सी यस वर्षको डी’ओरको मूख्य दाबेदार मध्ये एक रहेका छन्।

जुलाईमा कोपा अमेरिकामा अर्जेन्टिनासँगको जितपछि लियोनल मेस्सी बालोन डी-ओरको मूख्य दाबेदारको रुपमा उदाएका हुन्। मेस्सीले यस भन्दा अगाडी ६ पटक बालोन डी-ओर जितिसकेका छन्। मेस्सी सबै भन्दा बढी बालोन डी-ओर जित्ने खेलाडी समेत हुन्।

प्रकाशित : शनिबार, असोज २३, २०७८१२:३१

जब न्युकासलले एम्बाप्पे किन्न लागेको हो भन्दा प्रश्न गरियो …