एजेन्सी – साउदी अरेबियाको सार्वभौम धन कोषले इंग्लिस प्रिमियर लिगको न्युकासल युनाइटेड किनेको छ। साउदीको कोषले ३ सय मिलियन पाउण्डमा न्युकसलको स्वामित्व खरिद गरेको हो।
साउदीले स्वामित्व किनेसँगै न्युकासल विश्वकै सबैभन्दा धनि क्लब मालिक भएको क्लब बनेको छ। साउदी कोषको सम्पत्ती ३ सय २० बिलियन पाउण्ड बराबर रहेको बताइन्छ। यति धनि संस्थाको हातमा क्लब पुगेपछि विश्वभर तरंग उत्पन्न भएको छ।
न्युकासल विश्वकै सबैभन्दा धनि क्लब मालिक भएको क्लब बनेसँगै न्युकासलले आउने सिजन देखि स्टार खेलाडीहरु माथि बोलि लगाउने चर्चा शुरु भएको छ। आऔने ट्रान्सफर विन्डोमा न्युकासल आक्रामक रुपमा बजारमा देखा पर्ने धेरैको अनुमान छ।
यसै बीच न्युकासल बिक्रीमा महत्वपूर्ण भूमिका खेलेकी न्युकासलकी निर्देशक अमान्डा स्टेभलीले ठूलो र राम्रा खेलाडी माथि न्युकासलको नजर रहने बताएकी हुन्। एक मिडियासँग कराकानी गर्नेक्रममा के अब न्युकासलले किलियन एम्न्बाप्पे माथि बोलि लगाउँछ भनेर सोधियो।
त्यसक्रममा उनले विश्व स्तरीय खेलाडीहरु को लागी प्रतिस्पर्धा गर्न न्युकासल तयार हुने बताइन्। पहिला विश्व स्तरीय खेलाडीहरुलाई आवश्यक पर्ने पूर्वाधार निर्माणमा लाग्ने अमान्डाले जवाफ दिइन्।
“हामी विश्व स्तरीय खेलाडीहरुको लागी प्रतिस्पर्धा गर्नको बजारमा छौं, पहिला पनि थियौं। विश्व स्तरीय खेलाडीहरुको लागी पूर्वाधार चाहिन्छ। हामी त्यहाँ पुग्नेछौं, र हामीसँग पहिले नै विश्व स्तरीय खेलाडीहरु छन्। हामी उनीहरु वरपरको समर्थन दिन चाहन्छौं।”,उनले भनिन्।

