सुआरेज र एम्बाप्पेमा के फरक छ ? यसो भन्छन् मेस्सी !

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी उत्कृष्ट भन्दा उत्कृष्ट खेलाडीहरुसँग खेलेका फुटबलरको सूचीमा पर्छन्। आफैं विश्वको उत्कृष्ट फुटबलर रहेका उनले कयौं उत्कृष्ट फुटबलरहरुसँग खेले। इतिहाँसकै उत्कृष्ट टोली देखि ट्रियो सम्मको उनी आफैं हिस्सा थिए। बार्सिलोनामा हुँदा सुआरेज, नेयमार र मेस्सी बीच छुट्टै किसिमको आक्रमण तालमेल देख्न मिलेको थियो। एमएसएन ट्रियो बारे अझै पनि समय-समयमा चर्चा हुने गर्छन्।

बार्सिलोनाको डेढ दशक भन्दा लामो बसाई सकाएर मेस्सी अहिले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) आइपुगेका छन्। पिएसजीमा उनी नेयमार र किलियन एम्बाप्पे जस्तै खेलाडीसंग एकसाथ खेलिरहेका छन्। पछिल्लो पुस्ताका सबै भन्दा सफल स्ट्राइकरमा गनिने एम्बाप्पेसँग तालमेल मिलाउने कोशिसमा मेस्सी छन्।

हालसालै एक अन्तर्वार्तामा मेस्सीलाई एम्बाप्पे र सुआरेज बारे के भिन्नता छ भनेर सोधियो। त्यसक्रममा मेस्सीले सुआरेज शुद्ध नम्बर ९ भएको र उनी विशेष गरेर धेरै गोल गर्ने मामलामा रहेको बताए। त्यस्तै मेस्सीले एम्बाप्पे बल धेरै छुन मन पराउने खेलाडी रहेको बताए। एम्बाप्पे धेरै शक्तिशाली र तिब्र गति लिन सक्ने खेलाडी रहेको मेस्सीको भनाई छ।

“सुआरेज र एम्बाप्पे धेरै फरक खेलाडी हुन्। उनी शुद्ध नम्बर ९ हुन् भने उनी अगाडी धेरै राम्रो खेल्छन्। उनी धेरै गोल गर्न सक्छन्।”,मेस्सीले भने,”किलियनलाई धेरै बल छुन मन पर्छ। एम्बाप्पे धेरै शक्तिशाली र छिटो छन्। स्पेस पाएको खण्डमा उनी धेरै भन्दा धेरै गोल गर्न सक्छन्। दुवै फरक गुण भएका शानदार खेलाडीहरु हुन्।”

साथै मेस्सीले उक्त अन्तर्वार्ताका क्रममा एम्बाप्पेसँगको सम्बन्ध बारे पनि बोलेका छन्। मेस्सीका अनुसार उनको एम्बाप्पेसंग धेरै राम्रो सम्बन्ध छ। एम्बाप्पे राम्रोसँग स्पेनिस बोल्न सक्ने भएका पनि राम्रोसँग कुराकानी हुने गरेको मेस्सी बताउँछन्। स्मरण रहोस्, पिएसजीका लागि मेस्सीले पहिलो गोल गर्दा एम्बाप्पेले नै असिस्ट दिएका थिए।

प्रकाशित : आइतबार, असोज २४, २०७८१७:०९

रिभाल्डोको नजर मा मेस्सी-रोनाल्डोले होइन यी खेलाडीले जित्नुपर्छ बालोन डी’ओर !