साफ च्याम्पियनसिप: नेपालले फाइनल खेल्न अब यस्तो हुनुपर्नेछ, के सम्भव होला ?

काठमाडौं – नेपाली राष्ट्रिय टोलीले साफ च्याम्पियनसिप २०२१ अन्तर्गत राउन्ड रोबिन लिगको तेस्रो खेलमा भारतसँग हार बेहोर्यो । प्रतियोगितामा पहिलो हार बेहोरेपनि नेपाल अंक तालिकाको दोस्रो स्थानमा चिप्लिएको छ ।

यस हारपछि नेपाल ३ खेलमा ६ अंकसहित दोस्रो स्थानमा छ । ३ खेलबाट ६ अंक नै बटुलेको आयोजक माल्दिभ्स गोल अन्तरका आधारमा शीर्ष स्थानमा रहेको छ । तेस्रो स्थानमा ३ खेलमा ५ अंक जोडेको भारत तथा चौथो स्थानमा ३ खेलमा ४ अंक जोडेको बंगलादेश छ । ४ खेलमा १ अंक जोड्दै श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ ।

अन्तिम चरणको खेलमा अब बुधबार दिउँसो ४:४५ बजे नेपालले बंगलादेशसँग खेल्नेछ । रातको ९:४५ बजे माल्दिभ्स र भारत भिड्नेछन् । नेपाललाई लिग चरणको अन्तिम खेलमा आफ्नो खेलको नतिजाले नै फाइनल यात्राको निर्णय हुनेछ । त्यस्तै बंगलादेशको पनि आफ्नै नतिजाले फाइनल यात्राबारे निर्णय हुनेछ । अर्को खेलमा माल्दिभ्स र भारतबीच पनि जित्ने टोलीले फाइनलमा प्रवेश गर्नेछ ।

एक हिसाबले अन्तिम चरणका दुवै खेल सेमिफाइनलजस्तै हुनेछ, जित्ने टोली फाइनल प्रवेश गर्ने र हार्ने टोली बाहिरिने । माल्दिभ्स र नेपाललाई भने बराबरी गरेपनि फाइनल पुग्ने समीकरण रहेको छ । नेपालले अन्तिम खेलमा बंगलादेशसँग बराबरी वा जित हासिल गरे फाइनल प्रवेश गर्नेछ । यता बंगलादेशलाई फाइनल खेल्न जितको विकल्प छैन ।

भारतलाई पनि फाइनल खेल्नका लागि माल्दिभ्सलाई पराजित गर्नुपर्ने समीकरण छ । माल्दिभ्सले भने बराबरी वा जितले फाइनल यात्रा तय गर्नेछ ।

प्रकाशित : सोमबार, असोज २५, २०७८००:५१

देखियो मेस्सीको असली जादू, उरुग्वे माथि अर्जेन्टिनाको शानदार जीत !