काठमाडौँ – नेपाली बजारमा गएको केहि दिन देखि लगातार बढिरहेको सुनको मूल्य आज घटेको छ। गत हप्ता देखि लगातार बढिरहेको सुनको मूल्यमा आज सामान्य गिरावट आएको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९० हजार ६ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि १ सय रुपैंयाँले नै घतेकोक छ। यससँगै नेपाली बजारमा तेजाबी सुनको मूल्य ९० हजार १ सय ५० रुपैंयाँ कायम भएको छ।
चाँदीको मूल्य
आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ। नेपाली बजारमा आज चाँदी रु ५ ले बढेर १ हजार १ सय ८० रुपैंयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

