यस्ता घरमा सधैँ लक्ष्मीले गर्छिन् बास !

काठमाडौँ, हिन्दुधर्मसँग जोडिएका थुप्रै कुराहरु परम्परागत रहेका छन् । यस्ता कुराहरुमा ध्यान दिए भगवानको कृपा हुने र कहिल्यै पनि दुः ख पिडाको सामना गर्नुपर्दैन् । घरमा धनको कमी हुँदैन् भन्ने धार्मिक विश्वास रहेको छ । जानी राखौँ के हुन् त्यस्ता कार्यहरु :

पूजा पाठ : जुन घरमा पूजा पाठसँग सम्बन्धित हरेक कुरालाई ध्यनमा राखी नियमित पूजा पाठ गरिन्छ त्यस्तो घरमा दु : ख पिडा कहिल्यै पनि नहुने विश्वास रहेको छ । यसरी पूजासँग जोडिएका धार्मिक कुराहरुलाई ध्यान दिएर पूजा गरेमा सु ख समृद्धि प्राप्त हुन्छ ।

तुलसी : जुन घरमा हरेक दिन तुलसीको पूजा गरिन्छ उक्त घरमा केही कुराको कमी हुँदैन् । तुलसीलाई शक्तिको रुपमा पनि लिने गरिन्छ । तुलसीको बोटमा हरेक दिन पूजा गरेर जल भढाउने व्यक्तिलाई भगवान विष्णुले सधै कृपा गर्नेछन् । तुलसी रोप्दा घरमा प्रवेश गरेको हावालाई अमृत सम्मान मान्ने गरिन्छ ।

गोबर :  निकै पबित्र मानिने गाईको गोबर लक्ष्मीको गोठमा पाइने गरिन्छ । जुन ठाउँमा गाईको गोबरले पोतिन्छ त्यो ठाउँलाई शुद्ध मानिन्छ । यसरी गाईको गोबरले लिपे लक्ष्मीको कृपा मिल्ने विश्वास रहेको छ ।

मन्दिर :  मन्दिरमा पूजा गर्न जाँदा पश्चिम दिशामा फर्र्काएर पूजा गर्नु अन्त्यन्तै शुभ मानिन्छ । प्रवेशद्धारको अगाडी भगवानको मूर्ति राख्नु हुँदैन् । घरमा भगवानको स्थापना गरेमा भगवानको कृपा मिल्ने जनवश्वास रहेको छ ।

प्रकाशित : सोमबार, असोज २५, २०७८१५:१३

यी राशिका पतिले पत्नीलाई दिन्छन् धेरै दुख !