काठमाडौँ – आफ्नो धर्म अनुसार हरेक मानिसहरुले एउटा न एउटा आस्था राख्ने गर्छन् । सबैले आफ्नो धर्म अनुसार भगवानको पूजा र आरधना गर्छन् । मानिसहरुले आफ्नो धर्म अनुसार भगवानको मूर्ति घरमा राख्ने गरेका हुन्छन् । यसरी घरमा भगवानको मूर्ति राखी पूजा गर्दा घरमा फलिफप हुने र सुख शान्ति मिल्छ भन्ने विश्वास रहेको हुन्छ । यसरी आफुले चाहेको कुरा भगवानको अगाडी भन्न सके चिताएको कुरा पुरा हुन्छ भन्ने विश्वास रहेको छ ।
धर्मशास्त्र अनुसार घरमा ५ देवताको मूर्ति राखी पुजा गर्ने विधिलाई पंचायत पनि भन्ने गरिन्छ । सनातन हिन्दु ग्रन्थ अनुसार पंचायत पूजालायृ सर्वश्रेष्ठ मान्ने गरिन्छ । घरमा नियमित गणेश,विष्णु ,शिव,दुर्गा र सुर्य ,यी ५ देवहरुलाई पूजा गर्नुपर्छ। प्रतेक घरको पूजास्थानमा यी पाँचै देवहरुको प्रतिमा राख्न जरुरि हुन्छ। धर्म शास्त्र अनुसार यी पाँच देवीदेवताले आफ्नो स्थानमा सिंहसान खडा गर्न आवश्यक हुन्छ । आज हामी तपायहरुलाई यी पाँँच देवतालाई कसरी राख्ने भन्ने बारे बताउन गइरहेका छौँ ।
१.गणेश पंचायतन : यदि तपाईको ईष्ट गणेश भगवान हो भने आफ्नो पूजा स्थानमा गणेश पंचायतन स्थापना गर्नुपर्छ। यसका लागि तपाईले उत्तरमा विष्णु ,दक्षिणमा शिव,मध्य भागमा गणेश पश्चिममा सुर्य देवता र उत्तर पश्चिममा देवी स्थापना गर्नु पर्दछ।
२.शिव पंचायतन : तपाईको ईष्ट भगवान शिव हुनुहुन्छ भने तपाईले आफ्नो पूजा स्थानमा शिव पंचायतन स्थापना गर्न आवश्यक हुन्छ। यसका लागि, तपाईंको सिंहासनको उत्तर पूर्वमा विष्णु , दक्षिणपूर्वमा सूर्य, मध्यमा शिव, गणेश दक्षिणपश्चिमा गणेश र उत्तरपश्चिमको भागमा देवी स्थापना गर्नुपर्दछ।
३.विष्णु पंचायतन : यदि तपाईको ईष्ट विष्णु भगवान हुनुहुन्छ भने आफ्नो पूजा स्थानमा विष्णु पंचायतन स्थापना गर्नुपर्ने हुन्छ। यसका लागि तपाईको सिंहासनको उत्तर पूर्वमा शिव , दक्षिणपूर्वमा गणेश , मध्यमा बिष्णु , र दक्षिणपश्चिमा सुर्य र उत्तरपश्चिमको भागमा देवी स्थापना गर्नुपर्दछ।
४.दुर्गा देवी : तपाईको ईष्ट देवी हुन् भने तपाईले आफ्नो पूजास्थानमा देवी पंचायतन स्थापना गर्नुहोला। यसका लागि तपाईको सिंहासनको उत्तर पूर्वमा विष्णु , दक्षिणपूर्वमा शिव , मध्यमा दुर्गा , र दक्षिणपश्चिमा गणेश र उत्तरपश्चिमको भागमा सुर्य स्थापना गर्नुपर्दछ।
५.सूर्य पंचायतन : यदि तपाईको ईष्ट सुर्य भगवान हो भने तपाईले आफ्नो पूजा स्थानमा सूर्य पंचायतन स्थापना गर्न आवश्यक हुन्छ। यसका लागि तपाईको सिंहासनको उत्तर पूर्वमा शिव , दक्षिणपूर्वमा गणेश , मध्यमा सुर्य , र दक्षिणपश्चिमा विष्णु र उत्तरपश्चिमको भागमा दुर्गा स्थापना गर्नुपर्दछ।