हिन्दु धार्मिक शास्त्रमा भगवान शिवलाई देवादीदेव महादेवको नामले पनि चिन्ने गरिन्छ। गौरी-शंकर, उमा-महेश, शिव-पार्वती, भैरव-काली भोले-भंडारी, अर्धनारीश्वर आदि नामले बिख्यात भगवान शिवका हरेक नाम उनका पत्नीका साथमा जोडिएको छ। भगवानको पनि भगवान श्री महादेवको प्रेमजीवनको बारेमा कुरा गर्ने हो भने उनको प्रेम जीवन सुखद रहेको विभिन्न धार्मिक ग्रन्थहरु सुन्न अनि पढ्न पाउछौ। तथापी मानवले झैँ उनले पनि प्रेम पाउनका लागि आफ्नो जीवनकालमा केहि उतार चढावको सामना गर्नुपरेको थियो।
यस लेख मार्फत आज हामी भगवान शिवको लव लाइफको बारेमा बताउन जादैछौं। आउनुहोस
भगवान शिव र सतिदेवी
सबैभन्दा पहिले हामी महादेव र ब्रह्माका मानस पुत्र दक्षप्रजापतिकी पुत्री सतीदेवीको बारेमा बताउन जादै छौं। सतीदेवीली आफ्ना पिता दक्षप्रजापतिको बिरुद्धमा गएर भगवान शिवसंग बिवाह गरेकी हुन्। यसै कारणले गर्दा दक्षले सतिलाई घृणा गर्ने गर्थे।
यज्ञमा पुगिन सती
एकपटक दक्षले विराट यज्ञको आयोजना गरेका थिए। यस्तो बिराट यज्ञमा पनि उनले आफ्नो पुत्री र ज्वाईलाई निमन्त्रणा नगरेकाले सति रिसले उनको यज्ञमा पुगेकी थिइन्। तर सति यज्ञमा पुगेको देखेर दक्षले उपेक्षाको भाव प्रकट गर्न लागे र उनि सहित भगवान शिवको पनि अपमान गर्न लागे ।
यज्ञमा देहत्याग
दक्षले आफ्नो पति शिवको बारेमा अपमानजनक शब्द प्रोग गरेकाले क्रोधित भई सतिले यज्ञमा फाल हाली आफ्नो देहत्याग गरेकी हुन्। तर जब शिवलाई यस कुराको जानकारी भयो तब उनले सतिको प्राणरहित शरीरलाई बोकेर ताण्डव नृत्य देखाउन लागे। जुन देखेर तिनै लोकमा मानिसहरु आकुल ब्याकुल हुन लागे। शिवको यस रुपमा हेर्न नसकेर भगवान बिष्णुले आफ्नो सुदर्शन चक्र प्रयोग गरि सतिको शरीरलाई टुक्रा टुक्रामा परिणत गरिदिए। जुन हाल शक्तिपिठको रुपमा विराजमान रहेको छ।
शिव र माता पार्वती
मृत्यु पश्चात सतिले हिमालय पर्वत र मेनकाको गर्भमावास लिन पुगिन। हिमालय पर्वतको पुतिको रुपमा जन्म लिएका उनको नाम पार्वती राखियो। पार्वती बच्चै देखि भगवान शिवलाई आफ्नो पतिको रुपमा पुज्ने गर्थिन। शिवलाई पाउनका लागि उनि वनमा तपस्याका लागि निस्कीइन।
प्रेमको परिक्षा
पार्वतीले केहि बर्ष वनमा कठोर तपस्या गरे पछि भगवान शिव उनिदेखी प्रसन्न भई रुप धारण गरि पार्वतीले तपस्या गरिरहेको ठाउँमा पुगे। तब देवर्षीले शिव तिम्रा लागि उपयुक्त नरहेको भनेर सम्झाउन खोज्दा उनि आफ्नो कुरामा अडिक रहेर देवर्षी रुपी शिवलाई श्राप दिन लागिन।
पार्वतीसंग बिवाह
कठोर तपस्या र परिक्षामा सफल भएपछी पार्वतीसंग खुसि भई शिवले अघोरी भेषमा नै जन्ती लिएर पार्वतीका साथमा धुमधाम संग बिवाह गरि उनलाई कैलाश पर्वतमा लगे।
शिव र माता उमा
माता उमा नै पार्वती हुन् कि अरु नै हुन् भन्ने कुतुहलता हुन् सक्छ। उमालाई पार्वतीकै रुप मान्ने गरिन्छ। सामान्यतया भगवान शिव महेश भए त् पार्वतीले पनि उमाको रुप धारण गरेकी हुन्।
भूमिकी देवी
उमालाई भुमीको देवीको रुपमा पनि मान्ने गरिन्छ। जो अलिअलि आराधना गरे पनि छिट्टै प्रसन्न भईहल्छिन। यसका लावा उमालाई कोमल हृदय र सरल स्वभावका लागि पनि चिन्ने गरिछ।
उत्तराखण्डमा उत्पत्ति
पार्वतीको अर्को रुप मानिने उमाको उत्पत्ति उत्तराखण्डमा भएको किम्बदन्ती रहीआएको छ। जसले गर्दा कापरिपट्टीको शिव मन्दिरलाई उनको माइती भन्ने गरिन्छ।
शिव र माता काली
माता कालीले भगवान शिवलाई चौंथो पटक आफ्नो पतिका रुपमा पाएकी हुन्। उनको जन्म दानव र राक्षसको संहार गर्नका लागि भएको हो। सो समयमा यस्तो राक्षसको उत्पत्ति भएको थियो जसको रगतले अन्य लाखौं दानवहरुको उत्पत्ति हुने गर्थ्यो। यसै स्थितिमा माता कालीले उक्त दानवको संहार गरि तिनै लोकमा विजय हासिल गरेकी हुन्।
शिवको शरीरमा कालीको पाऊ
राक्षसको बध गरिसके पछि पनि कालीले आफ्नो रिस शान्त पार्न नसकी शिवको शरीरमाथि कुल्चिन पुगिन जसका फलस्वरूप उनको रिस शान्त भयो
पापको प्रायश्चित
जब माता कालीलाई आफुले गरेरको गल्ति बारे जानकारी भयो तब उनलाई यसका बारेमा पश्चाताप भयो। यहि पापका कारणले गर्दा उनि केहि वर्षा हिमाले जंगलमा भौतारीएर पनि हिड्नु पर्यो। केहि बर्षको घोर तपस्या पश्चात भगवान शिवले आफ्नो दर्शन दिनुभयो रा काली पापबाट मुक्त भईन।